
Gfs
Srbpu
Rgp
Djs
sbs
Sgr
Ggp
cjs
Rgp1
Pbu
Pes
pku
Lnp
Unsku

Tsm
Rgs
Wsp
Ssm
Vor
Pvg
nsb
Rgu
Bbu
Ggd
Rsb
Bbbpu
Sbs
Gst
Asm
Rgu
Hal
Ksm
Sls

Rpp
sab
Syp
Jmb
Jmb
Gsb
Ptm
bbt
Bml
Pls
Rmb
Abd
Mks
दाङ । राप्ती गाउँपालिकामा शुभकामना आदान प्रदान तथा आकस्मिक स्वास्थ्यसेवाकाे शुभारम्भ कार्यक्रम सम्पन्न ।
राप्ती गाउँपालिकाकाे आयाेजनामा बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा बिशेषज्ञ सहितकाे आकस्मिक स्वास्थ्य सेवाकाे उद्घाटन कार्यक्रम राप्ती गाउँपालिका ५ सिसहनिया स्वास्थ्य चाैकीमा सम्पन्न भएकाे छ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरू, राप्ती गाउँपालिकामा क्रियाशिल विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरू, राप्ती गाउँपालिकाका पुर्व जनप्रतिनिधिहरू, पुर्वाधार बिकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी निर्देशक, ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख, शसस्त्र प्रहरी बल भालुवाङका प्रमुख, उद्योग बाणिज्य संघ, चिकित्सक तथा स्वास्थकर्मीहरू, राप्ती गाउँपालिकाका कर्मचारीहरू, संचारकर्मीहरू लगायतकाे उपस्थिति रहेकाे थियोे ।
राप्ती गाउँपालिका वडा नं ५ का अध्यक्ष तथा सिसहनिया स्वास्थ्य चाैकी ब्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चाैधरीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे उक्त कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चाैधरी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली,सामाजिक बिकास समितिका संयाेजक पहलवान चाैधरी, निवर्तमान उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी, प्रदेश पुर्वाधार बिकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी निर्देशक छबिराज पाेख्रेल, ने. क.पा एमाले राप्ती गाउँपालिका ईन्चार्ज हरि बेल्वासे, एमाले राप्ती गाउँपालिका अध्यक्ष मदन अधिकारी, नेपाली काङ्ग्रेस राप्ती गाउँपालिका सभापति बिद्याशरण चाैधरी, ने.क.पा माओवादी (केन्द्र ) राप्ती गाउँपालिका ईन्चार्ज चित्र बहादुर थापा, माओवादी केन्द्र राप्ती गाउँपालिका कार्यवाहक अध्यक्ष नारायणप्रसाद शर्मा, राष्ट्रिय जनमाेर्चाका प्रतिनिधि, ने.क.पा एकीकृत समाजबादीका शिशिर पुन, ने.क.पा का यमलाल कटवाल, राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, राप्ती प्रेस मन्चका अध्यक्ष अर्जुन अधिकारी, चिकित्सक डा.भरत पाेख्रेल, स्वयंसेबिका बालिका भुसाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे।
त्यस्तै शुभकामना मन्तब्य दिदै राप्ती गाउँपालिकाका अध्यक्ष श्री प्रकाश बिष्टले आर्थिक बर्ष २०७९/ ०८०काे निति तथा कार्यक्रममा उल्लेख भएकाे जनतालाई बिशेषज्ञ सहितकाे स्वास्थसेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै खुसी रहेकाे र राप्ती गाउँपालिका लगायत छिमेकी गाउँपालिकाका नागरिकहरूमा समेत यसले ठुलाे राहात पुग्ने बताउनुभयाे।
शुभकामना आदानप्रदान कार्यक्रम पश्चात अध्यक्ष बिष्टले चिकित्सक सहित सिसहनिया स्वास्थ्य चाैकीमा रहेका बिरामी जाँचेर आकस्मिक(२४ घन्टे ) स्वास्थ सेवाकाे प्रारम्भ गर्नु भयाे । उक्त कार्यक्रमकाे संचालन शिक्षा शाखा प्रमुख बिश्वास बिकले गर्नु भएकाे थियोे ।
