Sidha Patra शनिबार, आश्विन ०८, २०७९

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा यात्रुवाहक बस शनिबार दिउसो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।

बुद्धभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमा क्षेत्र स्थित पुर्व पश्चिम राजमार्गमा काठमाडौंबाट दाङका लागि जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको यात्रुबाहक बस पुर्व तर्फ आउँदै गरेको एक ट्रकसँग ठोक्किएको गोरुसिँगे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार बसमा सवार ३२ जना यात्रु घाइते भएका छन् । उनीहरु मध्ये १२ जनाको जिल्ला अस्पताल तौलिहवामा उपचारका लागि पठाइएको छ भने अन्य २० जनाको बुद्धभुमि स्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

घाइतेहरुको अवस्था अझै एकिन हुन नसकेको पनि डिएसपी घलेले बताएका छन् । मृतकको पहिचान हुन नसकेको जनाइएको छ । झडुलामाइ मन्दिर नजिकैको घुमौरो सडकमा सो दुर्घटना भएको बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]