
Ppu
Tgp
Ssb
Gsb
Ksb
Usb
Nsb
Ssb
Fmb
Ksb
Csb
Ksb
Rsb
jsb
Bsn
Rks

Usb
Gsb
Hl1
Tsb
Ssb

ptl
Rgu
Nps
धनगढी। धनगढीमा डोटी घर भएका एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीका इन्चार्जसमेत रहेका (भरत) भनिने दीर्घ खड्का पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार उनी महिलामाथि दुव्यर्वहार गरेको आरोपमा पक्राउ परेका हुन्। खड्काले आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ।
ती महिला विवाहित हुन्। हालै धनगढी आएका बेला खड्का आफ्नो सहकर्मीसमेत रहेकी ती महिलाको कोठामा गएका थिए। त्यतिबेला उनका श्रीमानले दुर्व्यवहार गरिएको देखेका थिए।
सोही क्रममा विवाद भएपछि घटना प्रहरीसम्म पुगेको हो। महिलाले खड्काविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न खोजेपनि प्रहरीले प्रमाण नपुग्ने भन्दै अहिले सार्वजनिक कसुर गरेको अभियोगमा मुद्दा चलाएको छ। खड्का जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा छन्।
