
pku
sbs
Srbpu
Pbu
cjs
Djs
Rgp
Lnp
Pes
Rgp1
Gfs
Ggp
Sgr
Unsku

Ssm
Hal
Pvg
Sbs
nsb
Vor
Asm
Rgu
Bbbpu
Ksm
Rsb
Bbu
Rgu
Rgs
Ggd
Wsp
Sls
Tsm
Gst

Abd
Ptm
sab
Bml
Pls
Jmb
bbt
Jmb
Mks
Syp
Gsb
Rmb
Rpp
धनगढी। धनगढीमा डोटी घर भएका एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीका इन्चार्जसमेत रहेका (भरत) भनिने दीर्घ खड्का पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार उनी महिलामाथि दुव्यर्वहार गरेको आरोपमा पक्राउ परेका हुन्। खड्काले आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ।
ती महिला विवाहित हुन्। हालै धनगढी आएका बेला खड्का आफ्नो सहकर्मीसमेत रहेकी ती महिलाको कोठामा गएका थिए। त्यतिबेला उनका श्रीमानले दुर्व्यवहार गरिएको देखेका थिए।
सोही क्रममा विवाद भएपछि घटना प्रहरीसम्म पुगेको हो। महिलाले खड्काविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न खोजेपनि प्रहरीले प्रमाण नपुग्ने भन्दै अहिले सार्वजनिक कसुर गरेको अभियोगमा मुद्दा चलाएको छ। खड्का जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा छन्।
