
Ggp
Pbu
Rgp
pku
cjs
Sgr
Lnp
Rgp1
Srbpu
Unsku
Gfs
Djs
sbs
Pes

Gst
Sbs
Rgu
Asm
Rgu
Ksm
Vor
Rgs
Bbbpu
Sls
Tsm
Bbu
Ggd
Pvg
Wsp
nsb
Ssm
Hal
Rsb

Gsb
Abd
Rpp
Bml
Jmb
Jmb
bbt
sab
Pls
Syp
Ptm
Rmb
Mks
दाङ । अहिले देशैभर डेंगुको संक्रमण बढीरहेको छ । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थियो भने यो वर्ष असोज महिना नलाग्दै डेंगुको संक्रमण फैलिरहेको छ ।
यसैलाइ मध्यनजर गर्दै दाङको देउखुरीमा देउखुरी मोबाइल व्यवसायी संघले तिब्रगतिमा फैलिरहेको डेंगु रोग नियन्त्रण गर्न सरसफाई अभियान सुरुवात गरेको छ । संघले शनिबारको दिन डेंगु रोग फैलाउने लामखुट्टे बस्न सक्ने स्थान लमही बजारका गल्लि, नाली,घाँस पलाएको स्थान,पानी जमेको स्थानमा औषधि छर्किएको संघका संस्थापक अध्यक्ष भीम भुसालले जानकारी दिए । ” यो देश भर तीब्र गतिमा फैलिरहेको छ । यसलाई नियन्त्रणमा सबै ध्यान दिनु पर्छ – भुसालले भने ।
त्यस्तै संघका वर्तमान अध्यक्ष विजय सिंह ठकुरीले दिनहुँ जसो डेंगु रोगका बिरामी बढ्दै जानु सबैको लागि खतरा भएको बताए । बालबालिकादेखि बृद्धबृद्धासम्म जोखिममा रहेकोले हामीले पनि समाजका लागि केहि गरौँ र गर्नु पर्छ भन्ने सन्देश दिनका लागि यो अभियान संचालन गरेको अध्यक्ष ठकुरीले बताए ।
आज हामीले अरुको मुख ताकेर बस्यौं भने महामारीले हामीलाई पनि छोड्दैन,त्यसकारण बेलैमा सबैले सजग भएर आफ्नो वरपर सरसफाईमा बिशेष ध्यान दिनु पर्छ भन्ने सन्देश पनि दिएका छौं’- अध्यक्ष ठकुरीले भने । देउखुरी मोबाइल व्यावसायी संघ ब्यापारी हरुको साझा संगठन हो तर संघले सामाजिक कामलाई निरन्तरता दिंदै आएको छ । उक्त सरसफाइ अभियानमा संघका पदाधिकारीको बाक्लो उपस्थिति रहेको थियो ।
