
Unsku
cjs
Ggp
pku
Pbu
Rgp
sbs
Gfs
Rgp1
Djs
Pes
Sgr
Lnp
Srbpu

Ssm
Ksm
Pvg
Tsm
Bbbpu
Rsb
Rgu
Vor
Gst
Hal
Sls
Wsp
Sbs
Rgu
Rgs
Asm
Bbu
Ggd
nsb

Bml
Ptm
Rmb
Jmb
sab
Rpp
Syp
Pls
Abd
Gsb
Mks
bbt
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगतका सरकारी कार्यालय परिसरहरुमा साप्ताहि सरसफाइ कार्यक्रमको लागि गाउँपालिकाले ल्याएको नयाँ निति नियम अनुसार शुक्रबार पहिलो दिन सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
यहीँ असोज महिनाको दुई गते आइतबारको दिन राजपुर गाउँपालिकाको नियमित कार्यपालिकामा बसेको बैठकले प्रत्येक हप्ताको शुक्रबार गाउँपालिकाको मातहत अन्तरगतका कार्यालय परिसर भित्रमा सरसफाइ गर्नु पर्ने निर्णय अनुरुप आज शुक्रबार सरसफाइ गरिएको हो ।
राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी, गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादव,लेखा अधिकृत भरतमणि पोख्रेल लगायत अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा गाउँपालिकाको कार्यालय परिसर भित्रमा सरसफाइ कार्य गरिएको गाउँपालिकाका सूचना अधिकारी शरद रेग्मीले जानकारी दिनु भयो ।
त्यस्तै राजपुर गाउँपालिकाको वडा नम्बर १ देखि ७ नम्बर वडा कार्यालय र स्वास्थ्य चौकी तथा अन्य कार्यालयहरुमा पनि जनप्रतिनिधि र कर्मचारी तथा स्वास्थ्य कर्मीले आफ्नो कार्यालय परिसर भित्रमा सरसफाइ कार्य गरेका छन् ।
यो अभियान अबदेखि प्रत्येक हप्ताको शुक्रबार यसैगरी निरन्तर संचालन हुने र बिस्तारै अन्य सम्बन्धित निकायसंग सहकार्य एवं समन्वय गरेर स्वास्थ्यको क्षेत्रबाट राजपुर गाउँपालिकालाई उत्कृष्ट गाउँपालिका बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले सिधा-पत्र डटकम अनलाइनलाई बताउनु भयो ।
