
Gmk
mbd
Pbu
Anm
Ksm
Sds
gst
Rbs
Gisld
Mbdvs

Sls
Bbu
Hal
Rsb
Rgu
Asm
Ggd
Wsp
Pvg
Sbs
Rgs
Ssm
Rgu
Vor
Ksm
nsb
Tsm
Bbbpu
Gst

Jmb
Mks
bbt
Syp
Ptm
Rpp
Rmb
sab
Pls
Jmb
Abd
Bml
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगतका सरकारी तथा गैरसरकारी संघ-संस्थाले अबदेखि प्रत्येक हप्ताको शुक्रबार आफ्नो कार्यालय परिसर भित्रमा सरसफाइ गर्नु पर्ने भएको छ ।
राजपुर गाउँपालिकाको यहीँ असोज महिनाको २ गते आइतबारको दिन गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
अबदेखि सम्बन्धित निकायका कर्मचारीले प्रत्येक हप्ताको शुक्रबार आफ्नो कार्यालय परिसर भित्र अनिवार्य रुपमा सरसफाइ गरेको फोटो सहित गाउँपालिकाको ईमेल र म्यासेन्जरद्वारा पठाएर जानकारी गराउनु पर्ने गाउँपालिकाका सूचना अधिकारी शरद रेग्मीले जानकारी दिनु भयो । त्यस्तै भोलि शुक्रबारदेखि राजपुरका सरकरी तथा गैरसरकारी संघ- संस्थाका सम्पूर्ण कर्मचारीलाई सरसफाइ अभियानमा जुट्न र गाउँपालिकाको निर्णयलाई कार्यनयन गर्न गाउँपालिका अध्यक्ष बुढाथोकीले आग्रह गर्नु भएको छ । 
