
Ggp
Asbus
Rgp
Ksbus
Sdc
Ggp
Msbus
Lnp
Ksbus

दाङ । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिकामध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा स्वास्थ्य कार्यालय दाङले जिल्लाका अरु पालिकामध्ये राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरु गत वर्षको कार्यक्रममा अरु पालिकामध्ये सबै भन्दा राम्रो बनाएको आधारमा सोमबार कार्यक्रमका बीच पहिलो भएको घोषणा गर्दै प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यसैगरी खोप कार्यक्रम,सुरक्षित मातृत्व कार्यक्रम, स्वास्थ्यका लक्षित कार्यक्रमसहित १६ वटा सूचकलाई आधार बनाएर गरेको कामको उत्कृष्ट घोषित गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो । यस्तै जिल्लाको गढवा गाउँपालिका दोश्रो,तुलसीपुर उपमहानगरपालिका तेश्रो र बंगलाचुली गाउँपालिका चौथो भएको छ । उत्कृष्ट भएका पालिकालाई घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी,जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माल गायतले प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।
जिल्लाका १० वटै पालिकाले पालिकागत रुपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामका बारेमा जानकारी गराउँदै कार्य प्रगति र चुनौतिका बारेमा अवगत गराएका थिए । वार्षिक समिक्षा गोष्ठीले आगामी दिनमा पालिका पालिकाबीच समन्वय स्थापनासँगै देखा परेका समस्या र चुनौतिलाई समाधान गर्दै स्वास्थ्यका सूचक सुधारमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
