
Ggp
Unsku
Lnp
Gfs
Pbu
Sgr
cjs
Pes
sbs
Srbpu
Rgp
Djs
Rgp1
pku

Gst
nsb
Tsm
Rgs
Ksm
Pvg
Bbu
Hal
Sls
Rsb
Asm
Rgu
Ggd
Bbbpu
Sbs
Rgu
Wsp
Vor
Ssm

Rmb
Mks
Syp
Rpp
Abd
Gsb
Pls
Bml
sab
Ptm
bbt
Jmb
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासमा रहेको आँखा उपचार केन्द्रमा सोमबार नि:शुल्क एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पताल लमही को प्राविधिक सहयोग र एनएवीपी नर्वे आइकेयरको
आर्थिक सहयोग तथा गढवा गाउँपालिका वडा नम्बर ८ को आयोजनामा उक्त नि:शुल्क आँखा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो ।
सो शिविरमा १८० जना बिरामीले आँखा चेकजाँच गराएका थिए । ती मध्यमा २३ जना बिरामीको मोतिया बिन्दुको सल्यक्रिया गरिएको थियोे भने ६८ जना लाइ presbyopic glass वितरण गरिएको थियोे । शिविरमा नेत्र विशेषज्ञ डा.इप्सा भण्डारीको नेतृत्वमा १६ जनाको प्राविधिक टोलिले शिविरलाई सहयोग गरेका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशम बहादुर खड्काको सभापतित्व तथा गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खालिक सिद्दिकिको प्रमुख आतिथ्यतामा उक्त शिविर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
शिविर कार्यक्रमको उद्घाटन सत्रको कार्यक्रममा बोल्दै संघका उपसभापति खड्काले आँखा उपचार केन्द्रको विकासका लागि वडाले सहयोग गर्नुपर्ने भन्दै यसलाई सर्जीकल सेन्टरको रुपमा विकास गर्न लाग्नु पर्ने बताउनु भएको थियो । त्यस्तै प्रमुख प्रशासक सम्शेर थापाले लमही आँखा अस्पताल र गढवा गाउँपालिकाको सहकार्यमा उज्यालो अभियान अन्तर्गत आँखा शिविर राखिएको भन्दै अन्य वडाहरुमा पनि यस्ता कार्यक्रमहरु लगेर जाने बताउनुभयो ।
सो कार्यक्रममा नेत्रज्योति संघका सल्लाहकार उमाकान्त पन्त,सचिव सुरेन्द्रबहादुर खड्का, सहकाेषाध्यक्ष घनस्याम सुवेदी,पत्रकार राधेश्याम गुप्ता,पुर्ब वडा अध्यक्ष सद्दाम सिद्दिकि सदस्य हरिहर पाैडेल,आँखा उपचार केन्द्र सहयोग समितिका सदस्य पदम पुडासैनी,गंगा अधिकारी,केशव अधिकारी,सबि अधिकारी लगायतकाले आफ्नो शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन कार्यक्रम व्यवस्थापक संयोजक टेकबहादुर चौधरीले गर्नु भएको थियो ।
