ओमप्रकाश गुप्ता आइतबार, आश्विन ०२, २०७९

दाङ । दाङको प्युठान- भालुवाङ सडक खण्डको बगासोतीमा अवरुद्ध सडक एकतर्फी सुचारू भएको छ ।

३ दिनदेखि परेको अविरल वर्षाले १ वर्ष अगाडि भाँसिएको सडक अझ भाँसिए पछि आज विहानै देखि अवरुद्ध सडक दिउँसो करिव १ बजे एकतर्फी सुचारू भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

भाँसिएको सडकमा ट्रक फसेर अवरूद्व सडक खुलाउन विहानै देखि प्रहरी, सडक डिभिजन कार्यालय र जनप्रतिनिधि लागेका थिए । सडक अवरुद्ध हुँदा भालुवाङ देखि प्युठान जाने गाडी र प्युठान देखि भालुवाङ आउने गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका थिए । अवरुद्ध बाटोको अवस्था बुझ्न राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का,वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चाैधरी,पत्रकार ओमप्रकाश गुप्ता गएका थिए ।

सडक भाँसिएको १ वर्ष भइसकेको छ । तर यो सडक बन्ने परको कुरा हो सामान्य मर्मत समेत गरिएको छैन । सडक भाँसिएर मर्मत नहुँदा दुर्घटनाको जोखिम समेत बढेको छ । पुन:सडक भाँसिएर मर्मत नहुँदा पुन सडक भाँसिएर सवारी साधानहरुलाई आवात जावतमा निकै सास्ती खेस्नु परेको छ । राप्ती नदि माथीबाट पहाडसँगै सडक भाँसिएको छ ।

त्यस्तै हरेक दिन यो सडक भएर यात्रा गर्दा धेरै समस्या भोग्नु परेको प्युठान सरुमारानी गाउँपालिका वडा नं १ का बामदेव भण्डारीले बताए । ‘हरेक दिन यही सडक भएर लालमटियामा रहेको कार्यालय जानु पर्छ, कहिलेकाँही फर्कदा राती पर्छ ।” उनले भने ‘रातको समय,जङ्गलको यात्रा त्यस माथी भाँसिएको सडक रातको समय अझ बढी समस्या हुन्छ ।

यस्तै कतिपय सवारी साधनहरुले भाँसिएको ठाउँमा यात्रुलाई झारेर गाडी पार गराउनु पर्ने अवस्था रहेका छ । ‘सडक भाँसिएको १ वर्ष भइसकेको छ,तर सडक मर्मत कहिले हुने हो थाहा छैन” भण्डारीले भने । यही सडक भएर दैनिक सयौंको संख्यामा भारतीय तिर्थालुहरु स्वर्गद्धारी दर्शन गर्न जाने गरेका छन् । तर सडक भाँसिएको १ वर्षसम्म पनि मर्मत भएको छैन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]