
Rsb
Ksb
Ssb
Nsb
Csb
Ksb
Ksb
Usb
jsb
Fmb
Ssb
Rks
Gsb
Ppu
Bsn
Tgp

Ssb
Tsb
Usb
Hl1
Gsb

Nps
Rgu
ptl
काठमाडौं । आजदेखि ३ दिनसम्म आठौँ संविधान दिवस भव्यता मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ ।
त्यस्तै आजदेखि पर्सिसम्म तीन दिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ ।
यस वर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो । आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमकासाथ मनाउने निर्णय गरिएको छ।
