
pku
Djs
Ggp
Lnp
Rgp
Pbu
sbs
cjs
Sgr
Unsku
Rgp1
Gfs
Pes
Srbpu

Pvg
nsb
Bbu
Bbbpu
Tsm
Sls
Ssm
Asm
Gst
Hal
Wsp
Sbs
Ggd
Rgs
Ksm
Rsb
Rgu
Rgu
Vor

Jmb
Rmb
Ptm
Syp
Jmb
sab
Gsb
Mks
Bml
Rpp
bbt
Abd
Pls
दाङ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लमही शाखाद्वारा विद्यार्थीहरुमा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।
देउखुरीको आदर्श नमूना उच्च माध्यमिक विद्यालय देउपुर कक्षा १२ मा अध्यनरत व्यवस्थापन सकायका १०२ जना विद्यार्थीसंग बिमा जागरण कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
कम्पनीका राप्ती एरिया प्रमुख दिपेन्द्र रावतले सम्पूर्ण कार्यक्रमहरु करिब डेढ घण्टाको समय भित्र प्रशिक्षण एवं सहजीकरण गर्नु भएको थियो । त्यस्तै उक्त कार्यक्रमको व्यवस्थापन सो संस्थाको लमही शाखाका एजेन्सी म्यानेजर श्याम चौधरी र उर्मिला शहनीले गर्नु भएको थियो ।
कार्यक्रममा सो विद्यालयका ३ जना छात्रा र ४ जना छात्रले कार्यक्रमबाट बिमाको बारेमा धेरै जानकारी भएको बोल्नु भएको थियो । यस्तै शिक्षकहरुले बिमा सम्बन्धि पाठ्यक्रममा समेत रहेकोले विद्यार्थीहरुलाई पढाईमा अझै सहज हुने बताउनु भएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थीको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन सो संस्थाका लमही शाखा प्रमुख कृष्ण कुमार चौधरीले गर्नु भएको थियो ।
