
Usb
Nsb
Ssb
Rks
Gsb
Tgp
Bsn
Csb
Ppu
Rsb
Fmb
Ksb
Ksb
Ksb
Ssb
jsb

Usb
Ssb
Tsb
Hl1
Gsb

Rgu
Nps
ptl
दाङ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लमही शाखाद्वारा विद्यार्थीहरुमा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।
देउखुरीको आदर्श नमूना उच्च माध्यमिक विद्यालय देउपुर कक्षा १२ मा अध्यनरत व्यवस्थापन सकायका १०२ जना विद्यार्थीसंग बिमा जागरण कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
कम्पनीका राप्ती एरिया प्रमुख दिपेन्द्र रावतले सम्पूर्ण कार्यक्रमहरु करिब डेढ घण्टाको समय भित्र प्रशिक्षण एवं सहजीकरण गर्नु भएको थियो । त्यस्तै उक्त कार्यक्रमको व्यवस्थापन सो संस्थाको लमही शाखाका एजेन्सी म्यानेजर श्याम चौधरी र उर्मिला शहनीले गर्नु भएको थियो ।
कार्यक्रममा सो विद्यालयका ३ जना छात्रा र ४ जना छात्रले कार्यक्रमबाट बिमाको बारेमा धेरै जानकारी भएको बोल्नु भएको थियो । यस्तै शिक्षकहरुले बिमा सम्बन्धि पाठ्यक्रममा समेत रहेकोले विद्यार्थीहरुलाई पढाईमा अझै सहज हुने बताउनु भएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थीको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन सो संस्थाका लमही शाखा प्रमुख कृष्ण कुमार चौधरीले गर्नु भएको थियो ।
