
sbs
Unsku
Rgp1
Lnp
pku
Pes
Pbu
Gfs
Djs
Sgr
Rgp
cjs
Ggp
Srbpu

Ssm
Tsm
Ggd
Vor
Ksm
Bbu
Sls
Rsb
Gst
Sbs
Rgs
Bbbpu
Asm
Rgu
Rgu
Pvg
Hal
nsb
Wsp

Bml
Jmb
Gsb
bbt
Rmb
Abd
sab
Rpp
Syp
Jmb
Ptm
Mks
Pls
दाङ । दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सञ्चालन गरेको १ हप्ते सरसफाई सचेतना कार्यक्रम सोमबार राप्ती गाउपालिका २ लालमटियामा सम्पन्न भएको छ ।
पहिलो चरणको अभियान सम्पन्न गरेको संस्थाले राप्ती गाउँपालिकाद्वारा सञ्चालित सरसफाई महाअभियानलाई समर्थन जनाउँदै सो अभियानलाई व्यापक बनाउने बताएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर अत्यधिक बढेको भन्दै सो संस्थाले राप्ती गाउँपालिकासँग समन्वय गरेर १ हप्ता सम्म दैनिक रुपमा माइकिङ गर्ने र यातायात व्यवसायी, सवारी साधान तथा व्यापारीहरुलाई जथाभावी फोहोर नफाल्न निर्देशन दिने गरी कार्यक्रम गरेको थियोे ।
सके सफा गरौ, नसके फोहोर नगरौं, गाडीमा यात्रा गर्दा बाहिर फोहोर नफालौं, डस्वीनमा मात्र फोहोर फालौं, सभ्य नागरिकको परिचय दिउ भन्ने मुल नारा लिएर कार्यक्रमको आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलमान चौधरी (अनुप)कोे प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै प्रवक्ता चाैधरीले फोहोर व्यवस्थापनका लागि वडा नम्बर ४ मौरीघाटमा जग्गा लिजमा लिइसकिएको र त्यहाँ गल्ने र नगल्ने फोहोरका लागि संरचना निमार्ण कार्य भइरहेकोले फोहोर व्यवस्थापन चाँडै हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले फोहोर व्यवस्थापन गाउँपालिका एक्लैले गर्न नसक्ने हुँदा विभिन्न संघसंस्था तथा युवाहरुको आवश्कता रहेको र त्यसमा सवैले स्वमसेवकको रुपमा काम गर्न अनुरोध पनि गरेका छन् ।
त्यस्तै उनले आफ्नो पसल अगाडी २ वटा डस्टबिन राखी पसलबाट निस्कने फोहोर व्यस्थापन गर्न अनुरोध समेत गरेका छन् । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर २ का निर्वतमान वडा अध्यक्ष जगतबहादुर थापा, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, हाम्रो लुम्बिनी न्युज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक बासुदेब न्यौपाने लगायतका वक्ताहरुले महत्वपुर्ण भनाई राखेका थिए ।
त्यस्तै कार्यक्रममा उद्योगी,व्यापारी,यातायात व्यवसायी, सुरक्षाकर्मी,सञ्चारकर्मी,विभिन्न संघ संस्थाका प्रमुख तथा सर्वसाधारणको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।
