
Mbdvs
Anm
mbd
Gisld
Rbs
Sds
Gmk
gst
Ksm
Pbu

Hal
Ggd
Ssm
Pvg
Wsp
nsb
Sls
Bbbpu
Asm
Bbu
Rgs
Rgu
Rsb
Ksm
Vor
Tsm
Sbs
Rgu
Gst

Ptm
Jmb
Jmb
Abd
Pls
Syp
Rpp
sab
bbt
Mks
Bml
Gsb
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले पढ्दै कमाउदै कार्यक्रमलाई अघि बढाउनको लागि आइतबार वडा नम्बर १ गुरुङ खोला स्थित ज्योति आधारभूत विद्यालयका अभिभावकसंग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बुढा मगरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकाद्वारा व्यक्तिगत धारणा नभएर साझा धारणा लिएर अघि बढेको बताउनु भएको छ ।
अहिले राजपुर गाउँपालिकाले “पढ्दै कमाउदै” कार्यक्रम मार्फत विद्यार्थीहरुलाई व्यवसायीसंग जोडेर बुवा-आमासंग निर्भर हुनु भन्दापनि आफै कमाएर आफुलाई आवश्यक कपी,कलम,ड्रेस किन्न सक्ने त्यो वातावरण मिलाउन गाउँपालिकाले खोजेको हुँदा अभिभावकहरुले यस कार्यक्रमलाई सफल बनाउनको लागि आ-आफ्नो स्थानबाट सहयोग गरिदिन अध्यक्ष बुढाथोकीले अनुरोध गर्नु भयो ।
त्यस्तै उहाँले राजपुरको शिक्षालाई नि:शुल्क बनाउनु पर्छ भनेर प्रस्ताव राख्दा आफ्नो सहकर्मीहरुले सहजै स्विकार्दै यस “पढ्दै कमाउदै”कार्यक्रमलाई पनि संचालन गर्नको लागि सम्पूर्णको साथ सहयोग रहेको बताउनु भएको छ । यसैगरी अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकाको कृषि,स्वास्थ्य संगै बाटोघाटो लगायत अन्य विकास निर्माणका कामकाजहरु क्रमशः गर्न आफू लगायत आफ्नो टिम लागि परेको बताउनु भएको छ ।
कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा प्रवक्ता श्यामबहादुर रोका मगरले यो कार्यक्रम मार्फत विद्यार्थीहरुबाट जग बसाल्न सकेमात्र समृद्ध राजपुर गाउँपालिका बनाउन सकिने बताउनु भएको छ । विशेष गरि बालबालिकाहरुलाई कुलतमा नलागुन भनि यो कार्यक्रम लिएको र यो कार्यक्रम एकदमै लोकप्रिय रहेको हुँदा सम्पूर्ण अभिभावकहरुले यस कार्यक्रमलाई सहयोग गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक ओमप्रकाश यादवले राजपुर गाउँपालिकाद्वारा अत्यन्तै महत्त्वपूर्ण “पढ्दै कमाउदै” कार्यक्रमको निति लिएको हुँदा यस कार्यक्रमलाई सफल बनाउन शिक्षक र अभिभावकको प्रमुख भुमिका रहने बताउनु भएको छ । खास गरि छोराछोरीले बुवा- आमालाई दुख नदिउन सानैदेखि व्यवसायी तिर रुचि राखुन भनि यो कार्यक्रम ल्याइएको बताउनु भयो ।
यस्तै वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरीले सो कार्यक्रम एकदमै राम्रो रहेको हुँदा अब बल अभिभावकलाई दिएको हुँदा बललाई गोल हान्ने जिम्मा अभिभावकको हातमा रहेकोे बताउनु भयो । यसरी बालबालिकालाई शिक्षासंगै कुशल व्यवसायी बनाउन सके मात्र समृद्धि नेपाल र सुखी नेपाल बनाउन सकिने बताउनु भयो ।राजपुर शिक्षा शाखाका प्रमुख केशव लम्सालको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले गर्नु भएको थियो ।
त्यस्तै सो कार्यक्रमलाई समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बुढा मगरले गाउँपालिकाले संचालन गर्न लागेको कार्यक्रम एकदमै सराहनीय र उदाहरणीय रहेको बताउनु भएको छ ।
यस कार्यक्रमलाई प्रभावकारी ढंगबाट संचालन गर्नको लागि सबै विद्यालयका शिक्षक र अभिभावकको पनि महत्त्वपूर्ण भुमिका रहने बताउनु भएको थियो ।
यसैगरी सोही विद्यालयका अभिभावकहरुलाई राजपुर स्वास्थ्य शाखाका सहायक इन्चार्ज शकुन्तला रेग्मीले डेङ्गो रोग सम्बन्धि प्रशिक्षण दिनु भएको थियो । त्यस्तै गाउँपालिकाको टिमले आइतबार नै जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीसंग “पढ्दै कमाउदै” कार्यक्रम सम्बन्धि छलफल गरेको छ ।

