
Pbu
sbs
Gis
Sgr
Rgp
Ggp
Djs
Gfs
Rgp
Sds
Unsku
Srbpu
Pes
Cps
pku
Rmb
Lnp
cjs
Rgp1

Rsb
Asm
Ggd
Hal
Rgu
Ksm
Vor
Gst
Rgu
Bbbpu
Rgs
Pvg
Sls
nsb
Tsm
Bbu
Ssm
Sbs
Wsp

Rpp
sab
Jmb
Abd
Pls
Rmb
Bml
Jmb
Gsb
Mks
Syp
bbt
Ptm
दाङ।देउखुरीको राप्ती गाउँपालिकामा सामुहिक तीज पर्व नमनाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । शनिबार सिसहनियाँ उद्योग बाणिज्य संघको अायोजनामा हिन्दुहरूको महानचार्ड हरितालिका तीज पर्व मनाउने विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो सुझाव दिएका हुन् । संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता एवम् प्रगतिनगर साना शहरी खानेपानी अायोजनाका अध्यक्ष शान्तराज शर्माको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरूले कोरोना भाइरस संक्रमणका कारण यस वर्षको तीज पर्व घर घरमै बसेर मनाउन महिला दिदीबहिनीहरूलाई अाग्रह गरेका छन् ।
पछिल्लो समय नेपालीहरुको महत्वपुर्ण चाडपर्ब आईरहेको र कोभिड १९ को जोखीम समेत बढिरहेको भन्दै रातीको समयमा हुने नाचगाना र दिउँसो हुने तीज पर्व र अन्य कुनै पनि कार्यक्रम सञ्चालन नगर्न नगराउन अन्तरक्रिया कार्यक्रम मार्फत अाग्रह गरिएको छ । साथै कार्यक्रमका वक्ताहरूले सुरक्षित रहदै उद्योग ब्यवसाय सञ्चालन गर्न पनि सम्पुर्ण उद्योगी ब्यवसायीहरुलाई अनुरोध समेत गरेका छन् । संघका उपाध्यक्ष युवराजसेन ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का कृषि वन तथा वातावरण समितिका सदस्य ठाकुरप्रसाद सुवेदी,संघका निवर्तमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी,प्रहरी चाैकी सिसहनियाँका प्रमुख गोपालकुमार मल्ल ,कालापानी टोल विकास समितिका अध्यक्ष देवीप्रसाद चाैधरी, रेडक्रसका सदस्य गोविन्द कुवर,पत्रकार ओमप्रकाश गुप्ता, होटल व्यवसायी केवल चाैधरी, प्रगतिशील टोल विकास समितिका अध्यक्ष गंगा केसी, स्वास्थ्य शिक्षा सामुदायिक स्वास्थ्य संस्था हिकोका अध्यक्ष प्रकाश विष्ट, स्वमसेविका श्यामा रावत, राप्ती गाउँपालिका चेम्बरका अध्यक्ष कुमार अधिकारी र संघका प्रेस सल्लाहकार तिर्थराज ज्ञवाली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।
