Sidha Patra शुक्रबार, भाद्र १७, २०७९

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभातर्फ अभिषेकप्रताप शाहको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ ।

मंगलबार क्षेत्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य शाहको नाम क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ सर्वसम्मत सिफारिस गरेको हो । नेता शाह सो क्षेत्रबाट अहिले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । उनी पटक–पटक निर्वाचित भइसकेका छन् ।
त्यसैगरी कांग्रेसले कपिलवस्तु क्षेत्र नं. ३ ‘क’मा प्रत्यक्ष प्रदेशतर्फ अकिल मियाँ, जमशेद मियाँ लाई सिफारिस गरेको छ । प्रदेशतर्फ ‘ख’ प्रत्यक्षमा नेता वीरेन्द्र कनौडिया सिफारिस भएका छन् । कनौडिया ‘ख’बाट एकल रुपमा सिफारिस भएका छन् । ‘ख’बाट कनौडिया अहिले पनि प्रतिनिधित्व गर्छन् ।

कपिलवस्तु क्षेत्र नं ३( ख) बाट समानुपातिकमा मुस्लिम तर्फ प्रदेश सभा सदस्य ( विधायक) मा किफाय तुल्लाह खां को नाम सहित अन्यको नाम समानुपातिक तर्फ सिफारिश गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]