
Jsbus
Ddhbs
Nssbus7
Gsbus
Bksbus5
Gsl
Pbu
gms
Rbs
Csbus
Ratbs
dsbus
Ssbus
Syees
Amb
syysr

Bbbpu
Hal
Vor
Pvg
Rsb
Tsm
Sls
Sbs
Ksm
Rgu
Ssm
Asm
Rgs
Bbu
Wsp
Gst
Ggd
nsb
Rgu

Jmb
Pls
Rpp
Rmb
bbt
Gsb
Ptm
Jmb
sab
Mks
Bml
Syp
Abd
दाङ । पन्ध्रौं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा देउखुरीको गढवा गाउँपालिका र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले १८ जना श्रष्टालाई सम्मान गरेको छ भने २८ वटा पुस्तकहरुको लोकार्पण गरेको छ । गाउँपालिका र पुस्तकालयले दिवस मनाउने कार्यको नयाँ सिको गर्दै लेखकहरुलाई सम्मान गर्न र सृजन कर्ममा हौसला प्रेरणा थप्न नौलो अभ्यासको सुरुवात गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासले जानकारी दिनुभयो
पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै शर्माले पुस्तकालयलाई अध्ययन र अनुसन्धान केन्द्रको रुपमा बिकास गर्नुपर्ने र प्रतिष्ठान बनाएर भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, उन्नयन र बिकास गर्ने सोंच राखेको बताउनुभयो । लेखकहरु राष्ट्रका बौद्धिक सम्पत्ति भएको भन्दै स्थानीय सरकारका तर्फबाट लेखकहरुलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई थियो ।
कार्यक्रममा लेखकहरु मधुसुदन पाण्डे, भगवती प्रसाद चौधरी, जगतराम यादव, उदयराज आले, हरि पोखे्रल, शिबराज पन्थी, रामगोपाल यादव, दिपक कुमार यादव,रामसुरत यादव, भगवानदास यादव, राधा गौतम, रामप्रकाश चौधरी, भूमीप्रसाद शर्मा, दुखहरण यादव, आषिस कल्पबृक्ष, आस्था केसी, शिसीर रेग्मी र आरके स्वागत गरि १८ जना स्रष्टाहरुलाई सम्मन गरिएको थियो । सो कार्यक्रममा १८ जनाले लेख्नुभएका २८ वटा पुस्तकहरुको लोकार्पण गरिएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय भूमी आयोग दाङका अध्यक्ष तथा साहित्यकार लेखराज रेग्मीले राष्ट्रमा हुने बिकृति बिसंगतिहरुको वास्तविक प्रतिपक्षको भूमीका साहित्य लेखनले खेलेको बताउनुभयो । साहित्य नै समाज रुपान्तरणको एक बलियो र शसक्त माध्यम भएको उहाँको भनाई थियो । कार्यक्रममा पुस्तकालय दिवसको महत्व तथा इतिहास र सम्मानीत स्रष्टाहरुको कृतित्व एवं ब्यक्तित्वको चर्चा साहित्यकार हरि पोखे्रलले गर्नुभएको थियो ।
सो अवसरमा नागरिक अगुवा तथा स्तम्भकार समाज दाङका निमबहादुर थापा, गढवा ६ का वडा अध्यक्ष बिरबहादुर आले, नेपाल हृदयरोग निवारण केन्द्र दाङका अध्यक्ष रविलाल आचार्य, प्रगतिवादी साहित्यका नारायण योगी, शिक्षक महासंघ लुम्बिनी प्रदेशका उपमहासचिव लालबहादुर भण्डारी, प्रध्यापक हरेकृष्ण ज्ञवाली, साहित्यकार अर्जुन कुमार पौडेल, हिमोढ पहाडी, छविलाल कोपिला, अनुसन्धानकर्ता उदयराज आले लगायतले मन्तब्य तथा रचना वाचन गर्नुभएको थियो । पुस्तकालयका सदस्य महेश कुमार अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहजीकरण सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।

