
cjs
Gfs
Rgp1
Rgp
Djs
Pbu
Pes
pku
sbs
Unsku
Lnp
Srbpu
Sgr
Ggp
कम छैन्न महिलाहरु

Wsp
Ssm
Ggd
Rsb
Rgu
Vor
Rgu
Sls
Tsm
Gst
Sbs
Ksm
Hal
Rgs
Asm
nsb
Bbbpu
Bbu
Pvg

Pls
Gsb
Ptm
bbt
Bml
sab
Rpp
Jmb
Jmb
Abd
Mks
Rmb
Syp
संबिधानत कुनैपनि पदमा महिलाहरुको अनिवार्य व्यवस्था भएअनुसार कतिपय पदहरुमा महिलाहरु राख्ने गरेता पनि पछिल्लो समय यता केहि संस्थामा महिलाहरुले नै सञ्चालन गरेका छन् । संबिधानले व्यवस्था गरेअनुसार बाहेक अन्य पदमा महिलाहरुलाई जिम्मेवार पदमा कमैलाई दिने गरेको पाइन्छ । तर गुल्मी जिल्लामा केहि संघ संस्थाहरु महिलाहरु अर्ग पदमा रहेर सञ्चालनमा आएका छन् । जिल्ला सदरमुकाम तम्घासमा रहेको एक बिद्यालयमा महिला प्रधानाध्यापक भएर बिद्यालय सञ्चालन गर्दै आएकी छन् । तम्घास स्थित उपल्लो तम्घास माध्यमिक बिद्यालयमा महिला प्रधानाध्यापक पिङ्की भुसाल महिला प्रधानाध्यापक भएर बिद्यालय सञ्चालन गर्दै आएकी हुन् । उनि रेसुङ्गा नगरपालिका भित्र रहेका माध्यमिक बिद्यामलयहरुमा पहिलो र एक मात्र महिला प्रधानाध्यापक हुन् । नगरपालिका भित्र रहेका ४४ वटा आधारभूत र माध्यमिक बिद्यालयमध्ये माध्यमिक तहको पहिलो महिला प्रधानाध्यापक भुसाल बनेकी हुन् । तत्कालिन प्रधानाध्यापक राममणी पन्थी लेखाजोखा समितिमा गएपछि गत पुस २० गते देखि भुसाल प्रधानाध्यापक बनेकी हुन् । झण्डै ६ वर्षे शिक्षण पेसा अनुभव समाल्हेकी भुसाल जिल्ला सदरमुकाम तम्घास निवासी हुन् । उनि यस अधि तम्घासकै प्रतिष्ठित बोडिङ्ग स्कुलमा अध्यापन गराउदै आएकी थिइन् ।
०७२ सालमा सरकारी तर्फ नाम निकाल्न सफल भएपछि उनि हाल यस बिद्यालयमा अध्यापन गराउदै आएकी छन् । आफ्नो यस कार्यकालमा शिक्षा क्षेत्रमा परिर्वतन ल्याउन भरपुर लागि पर्ने बताइन । समाज परिर्वतनको अगं शिक्षा रहेकाले शिक्षाको ज्योतिलाई फैलाउन यस बिद्यालयमा धेरै सुधारका योजनाहरु बनाएर लागि परेको प्रधानाध्यापक भुसालले बताइन । जिल्ला सदरमुकाम तम्घासमा रहेका बिद्यालय भएपनि प्रयाप्त श्रोत साधानको आभाव रहेको प्रधानाध्यापक भुसालको भनाई छ । स्थानीय स्तरबाट महायज्ञको आयोजना गरेर कृषि तर्फ प्राबिधिक तहको पनि पढाई अध्यापन गराउदै आएको बिद्यालयमा धेरै श्रोत साधानको कमी रहेको प्रधानाध्यापक भुसालले बताइन् ।उक्त बिद्यालय फरक क्षमता भएका बिद्यार्थीहरुले पढ्ने गुल्मी जिल्लामै पहिलो र एकमात्र बिद्यालय हो । जुन बिद्यालयमा फरक क्षमता भएका बिद्यार्थीहरु बिद्यालयमै बसेर पढ्दै आएका छन् । तर ति बिद्यार्थीहरुलाई अति आबश्यक पर्ने श्रोत साधानहरु कमी रहेका उनको भनाई छ । नगरपालिका भित्र हाल माध्यमिकतह १२ वटा, आधारभूत तर्फ २२ वटा बिद्यालय रहेका छन् । त्यस्तै संस्थागत तर्फ माध्यमिक तह ७ आधारभूत तह ३ रहेको रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा अधिकृत उपसचिव रामप्रसाद पाण्डेले बताए । नगरपालिका भित्र हाल ४६ वटा बाल बिकास कक्षाहरु रहेका छन् । नगरपालिकामा हाल आधारभूत तहमा ८ जना महिला प्रधानाध्यापक रहेका छन् । माध्यमिक तहमा प्रधानाध्यापक बाहेक १ जना मात्रै शिक्षिका रहेका छन् ।
नगरपालिकामा कुल शिक्षक मध्ये ४२ जना महिला शिक्षिकाहरु रहेका रेसुङ्गा नगरपालिका शिक्षा शाखाले जनाएको छ । कुल शिक्षकमध्ये झण्डै आधाको हाराहारीमा महिला शिक्षिकाहरुको संख्या रहेका छ । पछिल्लो समय यता महिला शिक्षिकाहरु बढ्दो क्रममा र जिम्मेवार पदमा रहेर कार्य गर्दै आएको रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा अधिकृत उपसचिव पाण्डेको भनाई छ ।
