
Csbg-7
Gsbg-3
Jsbg-7
Gsbr-6
Jsbr-3
ksbl-7
Pbu
Msbg-2
Usbl-7
Rksr-7


सुर्खेत। कर्णाली सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन्।
आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा बुझाएका हुन् ।
माओवादी केन्द्रले मुख्यमन्त्री शाही समक्ष शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाएको थियो । उक्त निर्णय अनुसार नै दुई मन्त्रीले आज राजीनामा दिएका हुन् । राजीनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री शाहीले स्वीकृतसमेत गरिसकेका छन् ।
त्यस्तै मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले सोमबार नियुक्त गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।अनलाइनखबर
