
Ggp
Ggp
Sdc
Ksbus
Lnp
Rgp
Msbus
Asbus
Ksbus

दाङ । देउखुरीक्क लमहीमा रहेको बाल अस्पताल तुलसी हस्पिटल प्रालिमा (एनोरिक्टल मेलफरमेशन) दिशा गर्ने मलद्वारको विकास नभई दिशा र पिसाब योनीबाटको सफल जटिल शल्यक्रिया सम्पन्न भएको छ।
५ महिने बालिकाको जन्मजातै दिशा गर्ने मलद्वारको विकास नभई दिशा र पिसाब योनीबाट को सफल जटिल शल्यक्रिया गरी पेटबाट दिशा गर्ने बनाइएको छ। सल्यक्रियामा संलग्न वरिष्ठ बाल रोग विशषज्ञ डा. किशोर खत्री,वरिष्ठ बाल शल्य चिकित्सक डा. फिरोज आलम खान,एनेस्थेसियोलोजिष्ट डा. दीपिका सुवेदी,डा.मदन ढाकाल,डा.सुदेश थापा,वि एन रेखा वली गणेश वलीको चिकित्सक टिमद्धारा सफल शल्यक्रिया सम्पन्न भएको हो।
बालिकाको स्वास्थय अवस्था सामान्य रहेको छ।लमहीमा रहेको बाल अस्पताल तुलसी हस्पिटल प्रालिले नवजात तथा १८ वर्ष मुनिका बालबालिकालाई दिने सेवा प्रभावकारी बन्दै गएको छ। जटिल समस्या भएका बालबालिकाको स्वास्थय उपचारका लागी जिल्ला बाहिर जानुपर्ने बाध्यता क्रमश घटदै गएको छ।
