
cjs
Rgp1
Pes
pku
Lnp
Ggp
Pbu
Djs
Rgp
Srbpu
Ses
Unsku
Sgr
Gfs

Sls
Rgs
nsb
Tsm
Gst
Rgu
Ksm
Rgu
Hal
Sbs
Wsp
Vor
Asm
Ggd
Rsb
Bbbpu
Pvg
Bbu
Ssm

Bml
Rpp
Ptm
sab
Rmb
bbt
Mks
Pls
Syp
Jmb
Jmb
Abd
Gsb
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन परेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै निवेदन दिएको एक अधिकारीले जानकारी दिए ।
त्यस्तै केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख छ । मञ्चले भनेको छ,‘अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य ३ महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत विगत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ ।’
‘तर पनि नेपाल आयल निगमले विभिन्न बहानामा मूल्य घटाएको छैन । मूल्य बढ्दा स्वचालित मूल्य प्रणाली भन्दै मूल्य बढाउने तर अन्तर्राष्ट्रिय मूल्य घट्दा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन्,’ निवेदनमा उल्लेख छ ।
