
sbs
Rgp
Pes
Pbu
Ggp
pku
Sgr
Unsku
Djs
Rgp1
cjs
Gfs
Srbpu
Lnp

Ggd
Ksm
Sls
Rsb
Ssm
Rgs
Hal
Asm
Gst
Bbu
Wsp
nsb
Sbs
Vor
Tsm
Bbbpu
Rgu
Rgu
Pvg

Gsb
Abd
Jmb
sab
bbt
Rmb
Ptm
Jmb
Bml
Mks
Syp
Rpp
Pls
दाङ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाकाे २९ औं स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रम गरेकाे छ ।
संस्थाकि उपाध्यक्ष विष्णु गिरीकाे अध्यक्षता तथा संस्थाका कानुनी सल्लाहकार सुष्मा गाैतमकाे प्रमुख आतिथ्य एवम् संस्थाका संस्थापक अध्यक्ष बिमला याेगीकाे विशिष्ट आतिथ्यमा आज कार्यक्रम गरि रक्तदान गरिएको हाे । साे अवसरमा २० जनाले रक्तदान गर्नुभयाे । स्थापना दिवसमा हरेक वर्ष रक्तदान गर्दै आएकाे संस्थाले सामाजिक,आर्थिक क्षेत्रमा उल्लेख्य याेगदान गर्दै आएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि गाैतमले सामाजिक र आर्थिक उत्थानका लागि संस्थाले स्थापना कालदेखि समाजका विभिन्न क्षेत्रमा भुमिका निर्वाह गर्दै आएकाे हुँदा धेरैकाे जीवन बदल्न सम्भव भएको बताउनुभयो । सहयाेगापेक्षी वर्ग र समुदायलाई मात्रै नभई महिला वर्ग,पहुँच नपुगेका समुदायमा संस्थाले असल साेँच र कामका माध्यमबाट भुमिका खेल्दै आएकाले अहिले हजाराैँकाे जीवन सहज बन्न सम्भव भएको बताउनुभयो । सामाजिक कामलाई पहिलाे प्राथमिकता राखेकाे संस्थाले आफ्नाे स्थापना दिवसमा रक्तदान गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
साे अवसरमा,संस्थापक अध्यक्ष याेगीले मानिसलाई आत्मज्ञानकाे असल व्यवहारले मनमा सन्ताेष दिए जस्तै संस्थाकाे असल नीति र कामले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । २०५० साल भदौ ३ गते संस्था स्थापना गर्दा सामाजिक रुपान्तरणका लागि शिक्षा, सचेतना, स्वस्थ र स्वस्थ समाजकाे परिकल्पनासँगै कानुनी राज्य स्थापनाकाे लक्ष्य राखेरअघि बढेकाे बताउँदै याे कामले सार्थकता पाउँदै गएको बताउनुभयो । खासगरी, महिलाहरुकाे उत्थान, स्वावलम्बन,आर्थिक रुपान्तरणका लागि जागरण, बालिका शिक्षा, स्वास्थ्यका क्षेत्रमा संस्थाले विभिन्न परियाेजनामार्फत याेगदान दिँदै आएकाे बताउनुभयो ।
रक्त संचार सेवा केन्द्र घाेराहीका प्रमख दीलिप न्याैपानेले रक्तदान मानव धर्मकाे एक रुप भएकाले संस्थाले आफ्नाे जन्मदिनमा रक्तदान गरेर धेरैको जीवन बचाउने काम गरेकाे भन्दै प्रशंसा गर्नुभयो । साे अवसरमा,लायन्स क्लव अफ घाेराही सिटीका अध्यक्ष तथा संस्थाका व्यवस्थापक पवन याेगी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका घाेराही शाखा प्रबन्धक माधवा रेग्मी,संस्थापक सदस्य तथा जाल्पा संस्थाका आन्तरिक लेखा प्रमुख कल्पना कार्की,नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरकाे सहकार्यमा संचालित महिला शान्ति र सुरक्षा कार्यक्रमका सामाजिक मनाेविमर्शकर्ता लक्ष्मी ढकाल,नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आरके शीतल, रेडियाे मध्यपश्चिमका समाचार प्रमुख छवि पुरी लगायतले संस्थाकाे उन्नति,प्रगतिकाे कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।
संस्थाकि काेषाध्यक्ष देवा जिसीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव शिवा याेगीले गर्नुभएको थियाे ।
