Sidha Patra बुधबार, भाद्र ०१, २०७९

दाङ । देउखुरीको राप्ती गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयमा कार्यरत नीजि श्रोतका शिक्षकहरुले आफुहरुलाई पहिलाकै परिक्षाको आधारमा नियुक्ति गर्न माग गर्दै राप्ती गाउँपालिका अध्यक्षलाई ५ बुंदे माग राखि ज्ञापन पत्र बुझाएका छन् ।

त्यस्तै नीजि श्रोतका शिक्षक कुमार पुनको नेतृत्वमा गएको एक टोलीले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टलाई ज्ञापन पत्र बुझाएका हुन् । उक्त ज्ञापन पत्रमा नीजि श्रोतमा कार्यरत शिक्षकहरु जो पहिले गाउँपालिका, बिद्यालय र शिक्षा बिकास समन्वय कै रोहबरमा प्रतिस्पर्धा गरि छनोट भै सकेकाले पहिलेकै परिक्षालाई आधारमानी नियमन (अपडेट) गर्नुपर्ने, सेवारत नीजि श्रोतका सम्पुर्ण शिक्षकहरुलाई नियमन गर्न र अपुग भए दरबन्दीको लागि मात्र खुल्ला विज्ञापन खोल्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यस्तै हाल गाउँपालिकाबाट लागू गरिएको स्थानीय पाठ्यक्रमको लागि पनि बिज्ञापन गर्नुपर्ने लगायतकाे माग गरिएको छ । उक्त कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिश्वास बिकले सवै कानुन अनुसार जानू पर्ने भएकाले सम्पुर्ण नीजि शिक्षकलाई तयारीका साथ परिक्षामा सामेल हुन र उत्तीर्ण हुन पनि आग्रह गरेका थिए ।

त्यस्तै उक्त ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष विष्टले नीजि श्रोतका शिक्षकलाई सजिलो हुने गरि कार्यपालिकामा प्रस्ताव लैजाने र सके सम्म माग अनुसारनै काम गर्ने बताएका थिए । हाल राप्ती गाउँपालिकामा करिब २३ जना नीजि श्रोतमा कार्यरत शिक्षकहरू रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]