Sidha Patra सोमबार, साउन ३०, २०७९

दाङ । नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोरको शिलान्यास गर्नुभएको छ । एशियाली विकास बैंकको करिव १० अर्वको लगानीमा निर्माण हुने कोरिडोरको सोमबार राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीस्थित ईन्टेक नम्बर २ मा विधिवत रुपमा शिलान्यास गर्नुभयो । कोरिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले राप्ती कोरिडोर आफ्नो सपनाको प्रोजेक्ट भएको बताउनुभयो ।

संघीय निर्वाचनका बेला आफुले जनता माझ गरेको ४ वटा वाचामध्ये यो प्रमुख रहेको बताउनुभयो । यस्तै उहाँले परियोजनाका लागि एडिबीका कन्ट्रि डाईरेक्टरसँगको छलफलपछि बजेट सुनिश्चित भएर काम अघि बढाईएको बताउनुभयो । उहाँका अनुसार, राप्ती कोरिडोरको काम एडिबीले गर्नेछ भने यसको डिपिआर शहरी विकास मन्त्रालयले गरिरहेको छ । उहाँले यो परियोजनाले यो क्षेत्रका जनताको जीवन बदल्न भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार, कोरिडोरले जनताको हजारौँ विगाहा जमिन प्रयोगमा आउन सक्ने गरि उकासिँदैछ । देशका ठूला कोरिडोर मध्ये राप्ती कोरिडोर पनि एक रहेको उहाँले बताउनुभयो । उसो त लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यातामा आधारित नयाँ शहरको परिकल्पना गरेको छ ।

जसको बिस्तृत परियोजना प्रतिवेदन प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेर नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ शहरको परिकल्पना गरेको छ । सोही परियोजनालाई समेट्दै राप्ती कोरिडोर अघि बढ्ने पनि मन्त्री चौधरीले बताउनुभयो । सो अवसरमा,शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले राप्ती कोरिडोर बिल्कुलै नौलो सोँचका साथ आएको बताउनुभयो । चौधरी मन्त्रीमा बहाल भएपछि काम शुरुभएको बताउदै उहाँले एडिवि कन्ट्री डाईरेक्टरसँगको १० अर्व बजेट सुनिश्चितपछि अघि बढेको बताउनुभयो । उहाँले भालुवाङबाट शुरु हुने यो परियोजना अगैयासम्म पुग्ने बताउनुभयो ।

‘राप्ती नदी किनारको दुवैतर्फ सडक कालोपत्रेसहित खुला ठाउँमा हरियाली पार्क, नयाँ शहरसहितको बस्ती विकास लगायतको काम हुनेछ । उहाँका अनुसार, यो परियोजनामा भालुवाङ, गढवा, राजपुर, अगैयामा ठुला शहर बसालिनेछ । नदिमा ढल नखसाल्ने गरि ६७.५० किलोमिटर राप्ती क्षेत्र र ६८.३० किलोमिटर गढवा क्षेत्रमा गरेर कुल १ सय ३५ किलोमिटर क्षेत्रमा यो कोरिडोर रहनेछ । स्थानीय आयोजकका रुपमा रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले देउखुरीबासीले यो कामलाई ऐतिहासिक दिनका रुपमा लिएको बताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]