Sidha Patra सोमबार, साउन ३०, २०७९

दाङ । दाङमा गत वर्ष शतप्रतिशत धान रोपाई सम्पन्न भएकोमा यो वर्ष अझै पन्ध्र प्रतिशत जमिनमा रोपाई हुन बाँकी रहेको छ । जिल्लामा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेति हुदै आएकोमा करिव ८४ प्रतिशत जमिनमा मात्र धान रोपाई सम्पन्न भएको कृषी ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । केन्द्रका अनुसार अझै जिल्लामा पन्ध्र ÷सोह्र प्रतिशत धान रोपाई हुन बाँकी रहेको छ ।

यो वर्ष समयमा पानी नपरेका कारण घोराही र तुलसीपुरमा साउनको अन्तिम साता भई सक्दा समेत अझै रोपाई जारी रहेको कृषी ज्ञान केन्द्र दाङका सुचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिनुभयो । जिल्लाको देउखुरी क्षेत्रमा मात्र शतप्रतिशत धान रोपाई सम्पन्न भएको छ । अन्य पालिकाहरुमा भने रोपाई हुन बाँकी रहेको छ । जसअनुसार देउखुरी क्षेत्रको राप्ती, गढवा,राजपुर र लमहीमा ९८ प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका,द ंगीशरण र बबई गाउँपालिकामा ७० प्रतिशत रोपाई सम्पन्न भएको छ भने घोराही उपमहागनरपालिकामा ७८ प्रतिशत, शान्तिनगरमा ८५ प्रतिशत, बबईमा ७० प्रतिशत र बंगलाचुलीमा ८० प्रतिशत धान रोपाई भएको सुचना अधिकारी सिंहले जानकारी दिनुभयो । जसमा ६० प्रतिशत क्षेत्रफल आकाशे भरमा खेति हुने गरेको छ भने ४० प्रतिशत क्षेत्रफलमा सिंचाईको सुविधा रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]