
Asbus
Lnp
Ksbus
Rgp
Msbus
Sdc
Ksbus
Ggp
Ggp

काठमाडौं । चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ । ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई निगरानीमा राखेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् ।
चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुँदै चीनकै हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस (लेभी) पुष्टि भएको हो । लेभी जुनोटिक भाइरस हो । यो भाइरसबाट संक्रमितहरुमा ज्वरो आउने, खोकी लाग्ने र थकाइ लाग्ने जस्ता लक्षणहरु देखिएको छ ।
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्टअनुसार श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावरमा यो भाइरस २७ प्रतिशत पाइएको छ । कुकुरमा पाँच प्रतिशत र बाख्रामा दुई प्रतिशत पाइएको छ ।
श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावर
अनुसन्धानकर्ता मध्येका एक वाङ लिफाले चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग कुरा गर्दै यो भाइरस घातक नभए पनि यसप्रति सजग रहँदै नजिकबाट निगरानी गर्नुपर्ने बताएका छन् ।अनलाइनखबर
