
pku
Sgr
Srbpu
Pbu
Unsku
Ggp
Rgp1
Rgp
Lnp

Vor
Ksm
Ggd
Hal
Gst
Rgu
Rsb
Bbu
nsb
Pvg
Sbs
Rgu
Rgs
Wsp
Ssm
Tsm
Bbbpu
Asm
Sls

Mks
Ptm
Gsb
Jmb
Abd
Rmb
Syp
Rpp
sab
bbt
Bml
Pls
Jmb
पर्सा । वीरगञ्ज भन्सार कार्यालय, पर्साका एकजना कर्मचारी गएराति प्रहरीबाटै कुटपिटमा परेका छन् ।
सोमबार मध्यराति साढे ११ बजे ड्यूटीमा रहेका बेला सिभिल प्रहरी हौं भन्दै आएका व्यक्तिले कार्यालय सहयोगी बमबहादुर विशंखेलाई दुर्व्यवहार गरेका हुन् । भन्सार कार्यालयका अनुसार हरेक दिन राति १० बजेपछि वीरगञ्ज भन्सारको बेरियर बन्द गरिने गर्छ । तर सोमबार बेलुकी निर्धारित समयभन्दा डेढ घन्टा पछाडि चार/पाँच जना आएर वेरियर खोल्न लगाउँदै कार्यालय सहयोगीलाई दुर्व्यवहार गरेका थिए ।
‘मादक पदार्थ सेवन गरेर नेपाली गाडीमा आएका उनीहरुले नेपाल प्रहरीको स्टाफ हुँ भन्दै गाली गरेका थिए’ विशंखे भन्छन्, ‘मैले कार्ड देखाउन भन्दा पनि टेरेनन्, गाडी पनि प्रहरीको थिएन ।’
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार उनीहरुले कार्यालय सहयोगी विशुंखेले सोधपुछ गर्न खोज्दा उल्टै लछारपछार र दुव्यर्वहार गरेको पाइएको छ ।‘उहाँले आफ्नो शरीरमा चोट पटक लगेर हात, पिठ्यूँ, गालामा पनि निलो डाम बसेको भन्दै निवेदन दिनु भएको छ’ पोखरेलले भने ।
विशंखेले कार्यालयमा निवेदन दिँदै कार्यालयमा रहेका सीसी टीभी फुटेजलाई पनि हेरेर घटनामा संलग्नलाई कानून अनुसार कारबाही गर्न माग गरेका छन् ।
‘निवेदनका आधारमा कर्तव्यपालनको सिलसिलामा ड्यूटीमा रहेका कर्मचारीलाई हातपात गर्नेलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा लेखी पठाउने निर्णय गरेका छौं’ पोखरेलले भने । भन्सारका कर्मचारी हरुका अनुसार सीसी टीभीभन्दा बाहिरको रेञ्जमा लगेर पनि विशंखेमाथि कुटपिट भएको थियो । ‘पछि सशस्त्र प्रहरीले सहयोग नगरेको थियो भने विशंखे झन् गम्भिर घाइते हुने अवस्था थियो’ एक अधिकारी भन्छन् ।
