Sidha Patra बुधबार, साउन २५, २०७९

पर्सा । वीरगञ्ज भन्सार कार्यालय, पर्साका एकजना कर्मचारी गएराति प्रहरीबाटै कुटपिटमा परेका छन् ।

सोमबार मध्यराति साढे ११ बजे ड्यूटीमा रहेका बेला सिभिल प्रहरी हौं भन्दै आएका व्यक्तिले कार्यालय सहयोगी बमबहादुर विशंखेलाई दुर्व्यवहार गरेका हुन् । भन्सार कार्यालयका अनुसार हरेक दिन राति १० बजेपछि वीरगञ्ज भन्सारको बेरियर बन्द गरिने गर्छ । तर सोमबार बेलुकी निर्धारित समयभन्दा डेढ घन्टा पछाडि चार/पाँच जना आएर वेरियर खोल्न लगाउँदै कार्यालय सहयोगीलाई दुर्व्यवहार गरेका थिए ।

‘मादक पदार्थ सेवन गरेर नेपाली गाडीमा आएका उनीहरुले नेपाल प्रहरीको स्टाफ हुँ भन्दै गाली गरेका थिए’ विशंखे भन्छन्, ‘मैले कार्ड देखाउन भन्दा पनि टेरेनन्, गाडी पनि प्रहरीको थिएन ।’

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार उनीहरुले कार्यालय सहयोगी विशुंखेले सोधपुछ गर्न खोज्दा उल्टै लछारपछार र दुव्यर्वहार गरेको पाइएको छ ।‘उहाँले आफ्नो शरीरमा चोट पटक लगेर हात, पिठ्यूँ, गालामा पनि निलो डाम बसेको भन्दै निवेदन दिनु भएको छ’ पोखरेलले भने ।

विशंखेले कार्यालयमा निवेदन दिँदै कार्यालयमा रहेका सीसी टीभी फुटेजलाई पनि हेरेर घटनामा संलग्नलाई कानून अनुसार कारबाही गर्न माग गरेका छन् ।

‘निवेदनका आधारमा कर्तव्यपालनको सिलसिलामा ड्यूटीमा रहेका कर्मचारीलाई हातपात गर्नेलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा लेखी पठाउने निर्णय गरेका छौं’ पोखरेलले भने । भन्सारका कर्मचारी हरुका अनुसार सीसी टीभीभन्दा बाहिरको रेञ्जमा लगेर पनि विशंखेमाथि कुटपिट भएको थियो । ‘पछि सशस्त्र प्रहरीले सहयोग नगरेको थियो भने विशंखे झन् गम्भिर घाइते हुने अवस्था थियो’ एक अधिकारी भन्छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]