
Rgp1
Sgr
Unsku
Pbu
Ggp
Srbpu
pku
Lnp
Rgp

Gst
Sbs
Rgu
Rgs
Tsm
Bbu
Pvg
Ksm
Bbbpu
Asm
Wsp
Rgu
nsb
Ssm
Hal
Ggd
Rsb
Sls
Vor

Jmb
Ptm
Bml
Rpp
Pls
Rmb
sab
Abd
Syp
Mks
bbt
Jmb
Gsb
बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज’ अथकसँग बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष एवम् जनता समाजवादी पार्टीका नेता इश्तियाक अहमद शाहले भेटघाट गरेका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको भेटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडाहरूलाई मुख्य सडकसंग जोडनका लागि बजेट व्यवस्था गरिदिन माग गरे । जवाफमा मन्त्री अथकले गाउँपालिकाको सडक मात्र नभएर स्वास्थ्यका लागि खेलकुदको लागि समेत बजेट व्यवस्था गर्न लागेको आश्वासन दिएका छन् । ‘नरैनापुर जस्तो बिकट ठाउँका लागि आफुले सक्ने सहयोग गर्ने मन्त्री अथकले बताए ।
प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको कार्यकक्षमा भएको भेटमा गाउँपालिका अध्यक्ष शाह संग मन्त्री अथकले भने,नरैनापुरमा यस बर्ष पानी नपरेकोले सुख्खा क्षेत्र घोषणा गर्ने अवस्था सृजना भएको बताउदै उक्त समस्या समाधानका लागि उक्त क्षेत्रमा बोरिङ जडान गर्न लागेको बताए । उनले भने स्कुलमा खेलका लागि बजेटको व्यवस्था गरेको बताउँदै डुबानको समस्या समाधानका लागि ठाउँ- ठाउँमा सामुदायिक सेल्टर निर्माण गर्नका लागि बजेटको व्यवस्था गरेको बताए।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले मन्त्री अथक मार्फत तत्काल इलाका प्रशासन कार्यालय संचालनका लागि जनशक्तिको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीसंग आग्रह गर्नु भएको थियो । मन्त्री अथकले इलाका प्रशासन कार्यालय नरैनापुरबाट संचालन गर्ने गरी जनशक्ति व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको थियो ।
नरैनापुर गाउँपालिका जिल्ला कै सबै भन्दा बिकट गाउँपालिका भए पनि संघीय सरकाको त्यस तर्फ ध्यान अझै पुग्न नसकेको जानकारहरु बताउँछन् । मन्त्री अथकको पहलमा नरैनापुरमा अत्याधुनिक रंगशाला निर्माण सुरु भएको छ भने बिधालयको भवन निर्माणका लागि टेण्डर आह्वान गरिसकिएको छ ।
नरैनापुर गाउँपालिका अध्यक्ष शाहले नरैनापुरमा शिक्षा स्वास्थ्य र रोडको निर्माण पश्चात नरैनापुर गाउँपालिका समृद्ध हुन सक्ने भएकोले उक्त कार्यका लागि तत्काल बजेट व्यवस्था गराइ दिन मन्त्री अथक संग माग गर्नु भएको थियो ।
