
Lnp
Pbu
Srbpu
Ggp
Unsku
Sgr
Rgp
pku
Rgp1

Wsp
Vor
Sls
Asm
Ksm
Gst
Ssm
Hal
Pvg
Ggd
Rgs
Rgu
Tsm
Rgu
Rsb
Bbbpu
nsb
Bbu
Sbs

Gsb
Rmb
Syp
Abd
Bml
Jmb
Ptm
Pls
bbt
sab
Jmb
Mks
Rpp
दाङ । देउखुरीको गढवामा सोमवारदेखि थप नयाँ स्वास्थ्य सुविधा थपिएको छ । लमही कोइलाबास सडकको गढवा ६ प्रगतिनगरमा सोमवार एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगि वडानं.६ का वडा अध्यक्ष बिरबहादुर आलेले संयुक्त रुपमा सुवियान्य फार्मेसीको उद्घाटन गर्नुभएको हो ।
त्यस्तै यो फार्मेसीको संचालन संगै देउखुरीको गढवामा निजी क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण सेवा बिस्तार भएको कार्यक्रमका बक्ताहरुले बताएका छन् । फार्मेसीका प्रोपाइटर सुवास ठाकूरको अध्यक्षता र वडानं. ६ का वडा अध्यक्ष बिरबहादुर आले मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले गढवाको आवश्यकतालाई मध्यनजर गर्दै थप स्वास्थ्य सुविधा समेत प्रबाह गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष आलेले गढवा क्षेत्रमा स्वास्थ्य सुविधाको एक महत्वपुर्ण फार्मेसी संचालनमा आएको बताउदै यसको दिगो ब्यवस्थापन र जनताको माग बमोजिमको सेवा थप गर्न समेत सुझाव दिनुभयो । यस फार्मेसीमा २४ सै घण्टा बिरामीको चेकजाँज गरिने,इमरजेन्सी सेवा सहित, ल्याब प्रयोगशाला तथा एक्सरे,अक्सिजन र नेबुलाइजर एवं हातखुट्टा भाँचीएको प्लाष्टर सेवा समेत रहने संचालक सुभाष ठाकुरले जानकारी दिनुभयो । स्थानीय नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा प्रबाहका कामहरु पनि बिस्तार गर्ने योजना रहेको संचालक ठाकूरले बताउनुभयो ।
यस्तै गढवाबासी सबैको सहयोग र सद्भाव रहेमा फार्मेसी मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्ने योजना रहेको फार्मेसीका संचालक सल्लाहकार हरिकृष्ण खनालले बताउनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त,वडा सदस्यहरु टुकमान कँवर, दिनमणि आचार्य लगायतले बोल्नुभएको थियो। फार्मेसी उद्घाटन कार्यक्रमको संचालन पत्रकार दुखहरण यादवले गर्नुभएको थियो ।

