
Csb
Ksb
jsb
Ksb
Bsn
Ksb
Ppu
Rsb
Ssb
Gsb
Tgp
Nsb
Rks
Usb
Ssb
Fmb

Usb
Ssb
Gsb
Tsb
Hl1

Nps
ptl
Rgu
दाङ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिश स्कुलमा अध्यापनरत शिक्षकहरुका लागी पुनर्ताजगी तालिम आज शनिबार सम्पन्न भएको छ ।
शैक्षिक वर्ष २०७९ का लागी आवश्यक वार्षिक, मासिक र दैनिक कार्ययोजना तर्जुमा,वर्षभरीमा अभिभावकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयनको विधि,शिक्षकहरुको पेशागत विकास,प्रभावकारी कक्षा व्यवस्थापन,अभिभावक शिक्षा तथा सहभागीता,विद्यार्थीहरुमा जीवनोपयोगी सीपहरुको अध्यापन,डिजिटल लर्निङ लगाएतका विषयहरुमा गत बैशाखमा दिइएको तालीमको पुनर्ताजगी गराइएको संस्थाका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीकोे सभापतीत्वमा एवं प्रा.लि.का अध्यक्ष हेमराज शर्माको प्रमूख आतिथ्यतामा भएको उद्घाटन समारोहमा ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुर दाङका प्रिन्सिपल शिव भण्डारी,कोर्डिनेटर मदन घिमिरे,मारिया इन्टरनेशनल मन्टेश्वरी ट्रेनिङ सेन्टर घोराही दाङका संस्थापक प्रशिक्षक दिप्ति राना लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालयका कोर्डिनेटर तुल्सीप्रसाद शर्माले गर्नुभएको थियो ।
तालीममा दुईवटा विद्यालयका ७८ जना शिक्षक कर्मचारीहरु सहभागी रहेका थिए ।बविगत पाँच वर्ष अघिदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय भरतपुर दाङ र विगत तिन वर्षदेखी नयाँ व्यवस्थापनका साथ संचालनमा आएको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुर दाङले पठनपाठनका लागि मल्टिमिडियाको प्रयोग,मासिक परीक्षा संचालन,नियमित योग,संस्कार,मेडिटेसन कार्यक्रम संचालन,मासिक अभिभावक शिक्षा र अन्तरकृया संचालन,पि.एच.आर कार्यक्रमको संचालन,सबै कक्षाहरुको पठन पाठनलाई सि.सि. टि.भी.बाट निगरानी,विद्यालयको गुणस्तर मापन र वृद्धिका लागि वाह्य परीक्षाहरुको संचालन,विद्यार्थीहरुको समष्टिगत विवरणहरु सहितको डिजिटल पोर्टफोलियोको व्यवस्थापन,नियमित अभिभावक शिक्षा,तोकिएको संख्यामा मात्र कक्षाकोठामा विद्यार्थीहरु राखिने,आकर्षक छात्रवृत्तिका कार्यक्रमहरु,विद्यार्थी संख्यामा भन्दा भर्ना भएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा केन्द्रित रहेर कार्यव्रmमहरु संचालन गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल बुद्धीराज अधिकारीले जानकारी दिनुभएको छ ।
यसैविच विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत आज विहान विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा चारदेखि ६ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुसँग नियमित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
