
Unsku
Rgp1
Ggp
Pbu
pku
Rgp
Srbpu
Ses
Gfs
Lnp
Djs
Pes
cjs
Sgr

Gst
Rsb
Rgs
Bbu
nsb
Rgu
Hal
Wsp
Bbbpu
Ksm
Sbs
Rgu
Vor
Sls
Ggd
Ssm
Asm
Tsm
Pvg

Syp
Pls
Ptm
Jmb
bbt
Gsb
Bml
sab
Mks
Abd
Rpp
Rmb
Jmb
रुपन्देही । रूपन्देहीको तिल्लोतमा नगरपालिकामा सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यक्रम विहिवार उद्घाटन भएको छ ।
मणिग्रामस्थित होटल ड्रिमल्याण्डको सभा हलमा उक्त कार्यक्रमको लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गरेकी थिइन् ।
वीनरकद्वारा संचालित हाम्रो सम्मान परियोजनाको आर्थिक सहयोग तथा माइती नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सामाजिक सूचना व्यवस्थापन प्रणाली उद्घाटन कार्यक्रमको अध्यक्षता माइती नेपालका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता विश्वराज खड्का,प्रमुख अतिथिमा लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती,विशिष्ट अतिथिमा लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरीक्षक नल प्रसाद उपाध्याय,राजेन्द्र थापा,भरत राज शर्मा,सुमन पौडेल, इन्द्रजीत सहानी लगायत थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री घर्तीले प्रदेशस्तरमा पहिलो कार्यक्रमकोरुपमा लुम्बिनी प्रदेशमा कार्यक्रम भएकाले सफलताको कामना गर्दै डाटाहरू एकिकृत गर्न यो साफ्टवेयर प्रभावकारी भई स्थानीय, प्रदेश र केन्द्र सरकारलाई समेत महिला, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्न सघाउ पुग्ने बताइन् । उनले महिला बालबालिका मात्र नभएर पुरुषहरु समेत बेचिएको थुप्रै घटनाहरू देखिने गरेको बताइन् ।
लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय ठूलो देखिए पनि बजेट सानो भएको बताउँदै मन्त्री घर्तीले महिला,बालबालिका तथा जेष्ठ नागरिकका क्षेत्रमा सरकारले गर्ने कार्यक्रमहरूमा सो क्षेत्रमा काम गर्ने संघ संस्थाहरु मिलेर काम गर्दा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।
त्यसैगरी मानव बेचविखन आफैंमा गम्भीर समस्या भएकाले यसको समाधान सबै मिलेर गर्नुपर्ने अधिकांश वक्ताहरुको भनाइ थियो । कार्यक्रममा सामाजिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धित पुस्तक तथा साफ्टवेयरको शुभारम्भ गरिएको थियो । सामाजिक सूचना व्यवस्थापन प्रणालीको विशेषताको बारेमा रत्न काजी क्षेष्ठले उपस्थित माझ प्रकाश पारेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य पुनम थपलियाले राखिन् l कार्यक्रममा अन्य व्यवस्थापनको भूमिका माइती नेपालकी रूपन्देही तथा कपिलवस्तु जिल्ला कार्यक्रम प्रमुख माया क्षेत्रीले गरिन् । कार्यक्रम सफलताको कामनासहित माइती नेपालले मानव बेचविखनविरूद्ध काम गर्दे आएको स्मरण गराउँदै कार्यक्रमका अध्यक्ष विश्वराज खड्काले कार्यक्रम समापन गरे ।
कार्यक्रम संचालन माइती नेपाल केन्द्रीय कार्यालयका प्रतिनिधि राम सरण पौडेलले गरेका थिए । कार्यक्रममा कपिलवस्तु,रूपन्देही,बाँके, बर्दियाका १३ वटा पालिकाका सूचना प्रविधि प्रतिनिधि र महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरू लगायत अन्यको सहभागिता रहेको थियो ।
