Sidha Patra आइतबार, साउन १५, २०७९

दाङ । दाङको टरिगाउँ एयरपोर्टमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरिएको छ । २ महिना अघि टरिगाउँ एयरपोर्टमा ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेका बेला दुई वटा गेटमा ताला लगाईएको हो ।

जहाजमा तेल भर्नका लागि गएको जेठ १२ गते ११ हजार लिटर क्षेमताको बाउजर ल्याइएको थियो । बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरी र तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले संयुक्त रुपमा ताला लगाउनु भएको हो ।

विभिन्न संघर्ष र आन्दोलनबाट बल्लतल्ल संचालनमा आएको एयरपोर्टलाई विस्थापित गर्न योजनावद्ध ढंगले बाउजर लग्न खोजिएको भन्दै नेपाल आयल निगम तुलसीपुर मार्फत तुलसीपुर उद्योग बाणिज्य संघले सरोकारवालना निकायको ध्यानकर्षणपत्र समेत बुझाएको छ । ध्यानाकर्षणपत्रमा बाउजर मेसिनलाई यथाबत यही राख्न अनुरोध गर्दै यदि दाङबासीको आग्रहलाई वेवास्ता गरे शसक्त आन्दोलनका कार्यक्रम सहित चरणवद्ध बिरोधका कार्यक्रमहरु संचालन गर्ने चेतावनी दिइएको छ ।

तुलसीपुर डिपो मार्फत नेपाल आयल निगम केन्द्रिय कार्यालय काठमाण्डौ, क्षेत्रिय कार्यालय नेपालगंज, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका र नेपाल उद्योगबाणिज्य संघलाई समेत पत्र पठाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]