
Ggp
Srbpu
Rgp1
Rgp
Unsku
Pes
Rmb
cjs
Rgp
Pbu
Gis
Cps
Lnp
pku
Djs
Gfs
Sgr
sbs
Sds

Bbbpu
Tsm
nsb
Pvg
Rgu
Asm
Gst
Bbu
Sls
Sbs
Rsb
Rgs
Hal
Wsp
Ggd
Rgu
Vor
Ksm
Ssm

Gsb
bbt
Pls
Rpp
Abd
Mks
Jmb
Bml
sab
Rmb
Ptm
Jmb
Syp
दाङ। आदर्श मुखी टोल सुधार गर्ने उदेश्यका साथ गठित राजपुर गाउँपालिकाको वडा नम्बर ५ र ६ खयर भट्टी तथा रामनगर टोल सुधार समितिले बिहीबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका उपाध्यक्ष लगायत अन्य सम्बन्धित व्यक्तिलाई भव्य स्वागत गरेको छ । टोल सुधार समितिका अध्यक्ष नुमलाल सुनारको अध्यक्षता तथा राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यता र वडा नम्बर ६ का वडा सदस्य सन्ध्या परियारको विशेष अतिथिमा भएको सो स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि यादवले समाजमा पहिले एकता भए मात्र समाज सुधार र परिवर्तन संगै समाजमा हुने बहुविवाह, बालविवाह,घरेलु हिंसा न्यूनीकरण लगायत अन्य टोलको बाटोहरु सरसफाइ जस्ता कार्यमा टोल सुधार समितिको प्रमुख भुमिका रहनु पर्ने बताउनु भएको छ ।त्यस्तै उहाँले निति र प्रक्रिया पुराएर टोलको हरेक गतिविधि तथा कार्यहरु गर्नको लागि गाउँपालिकामा आफु कहाँ आए आफुले गाउँपालिकाबाट हुने सम्पुर्ण सहयोग कन्जुस्याइँ नगरी सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो । समाजसेवी एवं बुद्धिजीवी जित कुमार घर्ती मगरको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा समाजसेवी एवं बुद्धिजीवी घनश्याम चौधरी,गाउँपालिकाका प्रेस संयोजक मेगमन बुढा,समाजसेवी एवं बुद्धिजीवी तथा सो गाउँका महिला नेतृ लिलासरी घर्ती मगर,बुद्धिजिवी भक्त बहादुर पुनले कार्यक्रममा आफ्नो भनाइहरु राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा टोल सुधार समितिले आगामी दिनमा गर्ने आफ्नो कार्य योजनाको बारेमा जानकारी गराएको छ । समाजमा घट्ने विभिन्न अनैतिक घटनाहरु बालविवाह, बहुविवाह,घरेलुु हिंसा,जातीय छुवाछूत, लागुऔसत बेचबिखन गर्ने अनावश्यक मादक पदार्थ सेवन गरि होहल्ला गर्दै समाजमा अशान्ति फैलाउने जस्ता विकृतिलाई न्यूनीकरण गर्ने प्रमुख योजना रहेको सो कार्यक्रममा बताइएको हो ।
त्यसैगरी टोललाई आदर्श मुखी टोल सुधार गर्ने जनचेतनामूलक कार्यक्रमहरु संचालन गरि सरसफाइमा प्रमुख ध्यान पुराउने र भावी योजनामा वडापालिका एवं गाउँपालिका संग समन्वय गरेर टोल सुधार समितिको सभा हल निर्माण गर्ने लक्ष्य लिएको समाजसेवी एवं बुद्धिजीवी जित कुमार घर्ती मगरले बताउनु भएको थियो भने सो कार्यक्रमको संचालन वडा नम्बर ६ को भित्री गङ्गदी प्राथमिक विद्यालयका शिक्षक गिता(बुढाथोकी)जि.सीले गर्नु भएको थियो । सो अवसरमा महिला सेलको लागि १३ जनाको नयाँ कार्य समिति गठन भएको छ ।
जसको अध्यक्षमा पुष्पा चौधरी,उपाध्यक्ष बिन्दु बि.क,सचिव सिर्जना बुढाथोकी,कोषाध्यक्ष देवी रावत,सहसचिव हिरा रावत,सल्लाहकार कमला गिरी,दिलमाया विक,अनिता नेपाली शान्ति चौधरी,मनिसरा नेपाली, सदस्य शान्ता कामी,अन्जना पुन सीता रावत रहनु भएको छ । त्यसैगरी समितिले आगामी दिनमा टोल सुधार समितिको ठाउँमा उपसमितिको हकमा रहेर काम गर्ने छ ।
