
Rgp
Unsku
Rgp1
Lnp
pku
Ggp
Pbu
Sgr
Srbpu

Rgu
Bbu
Bbbpu
Ggd
Ssm
Ksm
Asm
Sbs
nsb
Wsp
Pvg
Vor
Gst
Tsm
Sls
Rsb
Hal
Rgs
Rgu

Gsb
Rpp
Jmb
Syp
Mks
Ptm
Jmb
Pls
sab
Abd
Bml
bbt
Rmb
दाङ । दाङको बंगलाचुली गाउँपालिकाको अधिकांश ठाउँमा नेपाल टेलिकमको मोबाईलफोन सेवा अवरुद्ध भएको छ ।
सेवा अवरुद्ध हुँदा यहाँका सयौँ नागरिक संचार सेवा पाउनबाट बन्चित भएका छन् ।टेलिकमको टावरमा करिव एक हप्ता पहिलेदेखि समस्या आएको कारण टेलिफोन सेवा अनियमित भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ६ टोड्के लेकमा रहेको टावरले काम नगर्दा टेलीफोन सेवा अवरुद्ध भएको हो ।
यस क्षेत्रमा वर्षौदेखि वर्षातको समयमा यो समस्या झेल्नुपरेको स्थानीय शुसिल परियारले बताउनु भयो । उहाँका अनुसार नेपाल टेलिकमले गुणस्तरीय सेवा नदिँदा स्थानीयहरुलाई वर्षातको समयमा निकै समस्या हुने गरेको छ । उक्त ठाउँमा विद्युत अनियमित भईरहने र विद्युत जाँदासंगै मोबाईनमा नेटवर्क पनि जाने समस्या रहेको छ । साथै वर्षातको समयमा नेटवर्कको गति निकै कमजोर हुँदा समस्या आइरहेको स्थानीयहरुको भनाइ रहेको छ ।
त्यस्तै सो समस्या उत्पन्न भएपछि बंगलाचुलीको अधिकांश ठाउँका नागरिक मोबाईलफोन सेवाबाट बञ्चित भएका छन् । बंगलाचुलीमा मोबाईल टावरमा बारम्बार समस्या उत्पन्न हुँदा पनि नेपाल टेलिकम कार्यालय बेखबर छ । मोबाईल फोन सेवा अनियमित भएको हप्ता दिन बितिसक्दा पनि टेलिकम कार्यालयले कुनै चासो नदिएको स्थानीय शुसिल परियारको भनाई रहेको छ ।
