Sidha Patra बिहिबार, साउन ०५, २०७९

दाङ । दाङको बंगलाचुली गाउँपालिकाको अधिकांश ठाउँमा नेपाल टेलिकमको मोबाईलफोन सेवा अवरुद्ध भएको छ ।

सेवा अवरुद्ध हुँदा यहाँका सयौँ नागरिक संचार सेवा पाउनबाट बन्चित भएका छन् ।टेलिकमको टावरमा करिव एक हप्ता पहिलेदेखि समस्या आएको कारण टेलिफोन सेवा अनियमित भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ६ टोड्के लेकमा रहेको टावरले काम नगर्दा टेलीफोन सेवा अवरुद्ध भएको हो ।

यस क्षेत्रमा वर्षौदेखि वर्षातको समयमा यो समस्या झेल्नुपरेको स्थानीय शुसिल परियारले बताउनु भयो । उहाँका अनुसार नेपाल टेलिकमले गुणस्तरीय सेवा नदिँदा स्थानीयहरुलाई वर्षातको समयमा निकै समस्या हुने गरेको छ । उक्त ठाउँमा विद्युत अनियमित भईरहने र विद्युत जाँदासंगै मोबाईनमा नेटवर्क पनि जाने समस्या रहेको छ । साथै वर्षातको समयमा नेटवर्कको गति निकै कमजोर हुँदा समस्या आइरहेको स्थानीयहरुको भनाइ रहेको छ ।

त्यस्तै सो समस्या उत्पन्न भएपछि बंगलाचुलीको अधिकांश ठाउँका नागरिक मोबाईलफोन सेवाबाट बञ्चित भएका छन् । बंगलाचुलीमा मोबाईल टावरमा बारम्बार समस्या उत्पन्न हुँदा पनि नेपाल टेलिकम कार्यालय बेखबर छ । मोबाईल फोन सेवा अनियमित भएको हप्ता दिन बितिसक्दा पनि टेलिकम कार्यालयले कुनै चासो नदिएको स्थानीय शुसिल परियारको भनाई रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]