
Srbpu
Sgr
Lnp
Rgp
Rgp1
Unsku
Ggp
pku
Pbu

Asm
Tsm
Vor
Rsb
Wsp
Ksm
Rgu
nsb
Bbbpu
Bbu
Sls
Ssm
Ggd
Gst
Sbs
Rgu
Hal
Rgs
Pvg

Gsb
Jmb
Syp
sab
Rpp
Jmb
bbt
Mks
Ptm
Bml
Abd
Pls
Rmb
काठमाडौं । नेपाल सरकार मन्त्रीस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ३७ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा सूचना प्रविधितर्फका प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. अरूण कुमार भण्डारी, स्वास्थ्यतर्फका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. सुरज राना,डा. दीपा न्हुच्छे प्रधान तथा डा. अमिन कुमार श्रेष्ठ र सवारीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसी रहेका छन् ।
त्यस्तै प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू गणेश चन्द,सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी,दान बहादुर कार्की,डा.मनोज कुमार केसी,राजन अधिकारी,जिबन कुमार श्रेष्ठ, हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर बिक,ओम बहादुर राना,ईश्वर कार्की,राजेन्द्र प्रसाद भट्ट,दिनेश कुमार आचार्य,अरुण पौडेल,गोबिन्द थपलिया, माधब प्रसाद श्रेष्ठ,दिल्ली राज बिष्ट, मनोज कुमार यादब,रेवती ढकाल,दिपेन्द्र घर्ति क्षेत्री (जि.सी.), दिपक रेग्मी,दिलिप सिंह देउवा,बिनोद घिमिरे, किसन सिंह थापा,सुदर्शन प्रसाद कोईराला, दिपक कुमार बस्नेत,जयराज सापकोटा, सुरेन्द्र बहादुर गुरुङ्ग,संजिब शर्मा दास,लोकेन्द्र श्रेष्ठ र शारदा प्रसाद चौधरी रहेका छन् ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै पदोन्नतिसँगै प्रहरी अधिकृतहरूले दत्तचित्त भएर सेवाभावका साथ प्राप्त जिम्मेवारी पूरा गरी संगठनप्रतिको श्रीवृद्धिमा लाग्नुपर्ने बताए । प्रहरी संगठनमा अनुशासनको धेरै महत्व हुने चर्चा गर्दै यसप्रति सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक सिंहले कामका आधारमा प्रहरी कर्मचारीको मूल्याङ्कन हुने भएकोले संगठनप्रतिको जिम्मेवारी र आफ्नो व्यावसायिक कार्यकौशलतालाई कायम राखी उच्च मनोवलका साथ कार्यसम्पादन गर्न निर्देशन दिए । साथै उनले पदोन्नति भएका चिकित्सक प्रहरी अधिकृतहरूले विरामीहरूको सेवा र रोगको निदान गर्न थप जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. अरूण कुमार भण्डारीले नेपाल प्रहरीमा सूचना प्रविधिको प्रयोग र विकास अब्बल रहेको बताउँदै पूर्ण रूपमा प्रविधियुक्त प्रहरी बनाउनको लागि अझ धेरै कार्य गर्न बाँकी रहेको बताए ।
साथै उनले प्रहरी संगठन आफैँमा गतिशील संगठन भएकोले प्रहरी कर्मचारीहरू पेशागत रूपमा निपूर्ण हुनुपर्ने र वृत्तिविकासले थप उर्जाशील भई संगठनले दिएको जिम्मेवारी उच्च मनोवल तथा पूर्ण ईमान्दारिताका साथ वहन गर्दै संगठनको श्रीवृद्धितर्फ क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू,प्रहरी नायव महानिरीक्षकहरू,वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।
