
Ggp
Rgp
Sds
Rgp
Rgp1
Lnp
Gfs
Pes
Gis
Sgr
Pbu
Cps
sbs
cjs
pku
Djs
Unsku
Rmb
Srbpu

Ksm
Rgu
Sls
Gst
Bbu
Rgs
nsb
Sbs
Rsb
Tsm
Hal
Rgu
Wsp
Ssm
Ggd
Bbbpu
Asm
Vor
Pvg

Pls
Rmb
Rpp
sab
Bml
Mks
Abd
Jmb
Jmb
Ptm
Gsb
Syp
bbt
काठमाण्डौँ । तिन दिने भ्रमण पुरा गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेश फर्केका छन् । आज नेपाल आएपछि त्रिभुवन विमानस्थलमा उनले आफ्नो भारत भ्रमण सोचेभन्दा सफल र राम्रो भएको बताएका हुन् ।
उनले भने मैले भ्रमणमा जाँदा नेपालको हितमा राखेर, केन्द्रबिन्दुमा राखेर काम गर्नेछु भनेको थिएँ। दिल्लीमा नेताहरु पत्रकारहरुसँग भेट हुन्छ भनेको थिएँ, भ्रमण अपेक्षाअनुसार सफल भएको छ। मेरो भ्रमण सोचेभन्दा पनि सफल र राम्रो भएको छ।
त्यस्तै भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भएको तीन दिने भ्रमणमा भारतीयबाट पाएको सम्मान र सुरक्षा व्यवस्थाबाट आफू खुसी भएको पनि उनले बताए।उनले भने मलाई गरिएको जुन सम्मान र सुरक्षा व्यवस्थाबाट म खुसी भएँ । प्रचण्डले भेट्न खोजे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने उनलाई समय दिएनन् ।
यसपछि अपमानित भएको भनेर उनको आलोचना भएको छ । प्रधानमन्त्रीपत्नी आरजु देउवालाई पनि दिल्लीमा भेटेको हुनाले प्रचण्डको आलोचना भइरहेको छ ।
