
Pbu
pku
sbs
Sgr
Gfs
Djs
Ggp
cjs
Unsku
Srbpu
Lnp
Rgp
Rgp1
Pes

Sls
Rsb
Bbu
Tsm
Sbs
Pvg
Rgu
Vor
Ssm
Ksm
Hal
Rgs
Wsp
Ggd
Bbbpu
Asm
nsb
Rgu
Gst

Bml
Mks
Abd
bbt
Rmb
Pls
Jmb
sab
Jmb
Syp
Ptm
Rpp
Gsb
दाङ । लुम्बिनी प्रदेश अन्तर्गत रहेको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।
यो घोषणा आइतबार आजदेखि कार्यान्वयनमा आउन लागेको स्वास्थ्य,जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जानकारी दिनुभयो ।
ओपीडी र बेड निःशुल्क गर्न बजेटमा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी आजदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि निस्शुल्क हुने भएको छ । रगत निस्शुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले बजेटमा नि:शुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
