
Sgr
Lnp
Ggp
Rgp
pku
Pbu
Unsku
Srbpu

Rgs
Wsp
Tsm
Sbs
Rgu
Vor
Asm
Hal
Gst
Sls
Pvg
Rgu

Pls
Rpp
Bml
Mks
Ptm
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा सञ्चालित विषयगत शिक्षकहरुको क्षमता विकास तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ ।
शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा असार २४ गते देखि २७ गतेसम्म सञ्चालित तालिममा नयाँ पाठ्यक्रमका बारे जानकारी,शैक्षिक क्षेत्रमा देखिएका समस्या,सिकाई लगायतका विषयमा प्रशिक्षण गरिएको थियोे ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको विशिष्ट आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा सहभागीको तर्फबाट दया भण्डारी तथा केशवराज आचार्यले आ- आफ्नो भनाई राखेका थिए ।
त्यस्तै क्षमता विकास तालिम कार्यक्रममा माध्यमिक आधारभूत र प्राथमिक तह अन्तरगत नेपाली,अंग्रेजी,गणित, विज्ञान र सामाजिक विषयको क्षमता विकास कार्यशाला सञ्चालन भएको थियो ।
कुल १३० जना शिक्षकहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकहरुमा गणित विषयमा लोकबहादुर बस्नेत र अमरबहादुर वली,विज्ञान विषयमा डिल्लीकान्त आचार्य र शिवप्रसाद भुषाल, नेपाली विषयमा मदन सुवेदी,बलराम ज्ञवाली तथा गणेशप्रसाद शर्मा,अंग्रेजी विषयमा कविराज डाँगी र रमेश कंडेल तथा सामाजिक विषयमा रामप्रसाद जैशी, विनोदकुमार गुप्ता तथा सीता खनाल तथा स्थानीय विषयमा किरण पोख्रेल, विक्रान्त ज्ञवाली तथा अनुपम योगी रहेका थिए ।
