
Pbu
Unsku
Djs
Sds
Pes
sbs
Sgr
Rgp1
Gfs
Srbpu
Rgp
Ggp
Gis
pku
Rmb
Cps
cjs
Rgp
Lnp

Bbu
Sbs
Vor
Rgs
Ksm
Rsb
Rgu
Wsp
Rgu
Asm
Gst
Ggd
nsb
Pvg
Hal
Bbbpu
Sls
Tsm
Ssm

bbt
Jmb
Pls
Bml
sab
Gsb
Abd
Syp
Rpp
Mks
Jmb
Rmb
Ptm
कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालकोको कार्यकर्ता भेला एवं स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको सम्मान कार्यक्रम कपिलवस्तु जिलाको महाराजगंज नगरपालिका वडा नं ७ समयमाई धर्मशालामा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता जप्रपा नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु अध्यक्ष राम प्रकाश पाण्डेय ( चक्रधारी पाण्डेय) प्रमुख अतिथिमा जप्रपा नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठी,विशिष्ट अतिथिमा राष्ट्रीय उपाध्यक्ष फरहान अकबाल खान तथा केन्द्रीय महासचिव तथा पूर्व मंत्री ईश्वर दयाल मिश्र,अतिथिमा जप्रपा नेपालका केन्द्रीय सदस्य राम निवास यादव,राजन उपाध्याय,रूपन्देही जिल्लाको मरचवारी गाउँपालिका अध्यक्ष गयादीन बरई,जप्रपाका नेता श्याम कुमार मिश्र,राम रूप बढ्ई लगायत रहनुभयो । कार्यक्रममा स्वागत मन्तव्य जप्रपा नेपालका महाराजगंज नगर अध्यक्ष मोहम्मद हई मुसलमानले गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिपाठीले किसानले आफ्नो उत्पादनको समर्थन मूल्य आफै तोक्ने संयन्त्र को व्यवस्थापन हुनुपर्ने,किसानहरू मतदाता,करदाता मात्र न भएर अन्नदाता हुन भन्ने कुरा स्मृतिमा राख्नुपर्ने,कृषिमा होइन किसानमा लगानी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जप्रपा नेपालका राष्ट्रीय उपाध्यक्ष फरहान अकबाल खानले किसानमा बढी लगानी गर्दै देशलाई समृद्ध बनाउन किसानको योगदान अविस्मरणीय रहने बताए ।
कार्यक्रममा बोल्दै महासचिव इश्वर दयाल मिश्रले किसानको समस्याका लागि आफू र आफ्नो पार्टी सधै लडिरहने, किसानको आवस्यकता तथा समस्या सरकारले सम्बोधन तत्काल गर्नुपर्ने बताउदै किसानको समृद्धि बाट नै देशको समृद्धि हुने बताए ।
कार्यक्रममा गोबर्धन मौर्य,राजा पाण्डेय,लवकुश तिवारी,हरीराम चौधरी लगायत हजारौँ कार्यकर्ता तथा शुभचिंतक हरूको उपस्थित थियो । कार्यक्रम संचालन जप्रपा नेपाल कपिलवस्तु जिलाका उपाध्यक्ष सुरेन्द्र तिवारीले गर्नुभयो ।
