
Pes
Ggp
Pbu
pku
Sgr
Rgp
Lnp
Srbpu
Rgp1
cjs
sbs
Gfs
Unsku
Djs

Sbs
Gst
Tsm
Vor
Wsp
Rgu
Ggd
Ssm
Pvg
Rgu
Bbbpu
Sls
Rgs
Rsb
Bbu
Asm
Ksm
Hal
nsb

Gsb
sab
Pls
Rmb
Abd
Jmb
Syp
Mks
bbt
Jmb
Rpp
Bml
Ptm
दाङ । देउखुरीको राजपुर-बेला गाउँपालिका भित्रका कुखुरा पालक कृषकहरुका लागि दिइएको तीनदिने तालिम शनिबार राजपुर-बेला गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा सम्पन्न भएको छ ।
गाउँपालिका पशु पन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा बिहीबारदेखि सुरु भएको उक्त तीन दिने तालिममा स्थानीय कुखुरा पालन गर्ने तरिका, ब्रोइलर कुखुरा पालन, लेयर्स कुखुरा पालन,कुखुरामा खोप व्यवस्थापन,दाना व्यवस्थापन,खोर व्यवस्थापन व्यवसायी दर्ता लगायतको विषय बस्तुमा प्रशिक्षण दिइएको थियो ।
त्यस्तै उक्त तीन दिने तालिमको प्रशिक्षकमा पशु स्वास्थ्य शाखा राजपुरका प्रमुख दिपक कुमार राना र सो शाखाका प्राविधिक शेरबहादुर बस्नेत रहनु भएको थियो । कार्यक्रममा प्रतिवेदन सहभागी प्रशिक्षार्थी पदमा चौधरीले प्रस्तुत गर्नु भएको थियो ।
राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रममा उपाध्यक्ष यादवले आगामी दिनमा कृषकलाई आधुनिक व्यवसायीसंग जोड्न विभिन्न जनचेतना मूलक तालिम सहित अन्य कार्यक्रमको लागि बजेट व्यवस्थापन गरि प्रभावकारी ढंगले संचालन गर्ने बताउनु भएको छ ।
त्यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्टले आफ्नो वडाका कृषकलाई व्यवसायी मुखि बनाउन सिपमुलक तालिमहरुसंग जोड्न विभिन्न सरोकारवाला निकायसंग सहकार्य एवं समन्वय गरि अघि बढ्ने बताउनु भयो ।
उक्त तालिममा कृषक महिला र पुरुषलाई सहभागी गराइएको थियो भने सो तालिमको समापन कार्यक्रमको संचालन पशु स्वास्थ्य शाखा राजपुरका प्रमुख दिपक कुमार थापा मगरले गर्नु भएको थियो ।

