
pku
Rgp1
Ggp
Pbu
Lnp
Rgp
Unsku
Sgr
Srbpu

nsb
Sls
Asm
Bbbpu
Rgs
Ksm
Tsm
Ssm
Rgu
Hal
Gst
Pvg
Bbu
Ggd
Wsp
Vor
Rgu
Rsb
Sbs

Ptm
Bml
Jmb
Gsb
Mks
bbt
Rmb
Pls
Syp
sab
Abd
Jmb
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिकाको एघारौं गाउँ सभाद्वारा आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत भएको छ ।
गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले गाउँ सभालाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी,शिक्षा, स्वास्थ्यलाई पहिलो ग्राहेतामा राख्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
हामी सबैको सुर:समृद्धि राजपुर भन्ने दीर्घकालीन सोचका साथ सन्तुलित विकासको माध्यमबाट जनताको समृद्धि हासिल गरि आम नागरिकलाई सुशासनको अनुभुती दिलाउने प्रमुख लक्ष्यका साथ प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा कृषि,शिक्षा स्वास्थ्यलाई जोड दिइएको छ ।
प्रमुख उदेश्यहरु:
क-पुर्वाधारको विकास गरि आय आर्जनमा वृद्धि गर्ने ।,ख- गरिबी कुपोषण,निरक्षरता उन्मुलन गर्ने ।ग-सेवा प्रवाह लगायत विकास कार्यमा सुशासनको प्रत्याभूति प्रदान गर्ने । घ -शिक्षा र स्वास्थ्यमा नागरिकको सहज पहुँच स्थापित गर्ने । ङ – विभिन्न महामारीहरुको संक्रमण जोखिम कम गर्ने आदि प्रमुख उदेश्य बनाएर गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
देहाय बमोजिमका उपलब्धिहरु प्राप्त गरि समृद्धि राजपुरको सपना साकार हुने अपेक्षाहरु:
१- कृषि र पशुपालनमा व्यवसायीकरण गरि उत्पादन दोब्बर गराउने । २- हरेक वडा कार्यालयसम्म यातायातको सहज पहुँच । ३- हरेक नागरिकलाई स्वच्छ खानेपानीको पहुँच । ४-गुणस्तरीय र रोजगारीमूलक शिक्षामा सबै बालबालिकाको पहुँच । ५-सिचाइको प्रर्याप्त व्यवस्थापन मिलाई उत्पादनमा वृद्धि गर्ने ।
कृषि,शिक्षा,स्वास्थ्य १- स्थानीय स्तरमा कृषि प्रवर्द्धनका लागि एन नीति निर्देशिका तयार पार्ने । २- कक्षा १० सम्म शुन्य शुल्कको नीति कार्यान्वयन गर्न विद्यालयलाई एकमुष्ट अनुदान उपलब्ध गराइने । ३-संघीय सरकारबाट प्राप्त ससर्त कार्यक्रम र बजेटसंग तालमेल हुने गरि सर्वव्यापी पहुँच अवधारणा अनुसार पालिका बासिलाई नि:शुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चिता गराइने भनि प्रमुख प्राथमिकतामा राखिएको छ ।
राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा संचालन भएको एघारौं गाउँ सभामा उपाध्यक्ष धनपती यादव,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल लगायत वडा नम्बर १ देखि ७ नम्बर वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य,वडा सदस्य तथा वडा सचिवको उपस्थिति रहेकोे थियो ।
यस्तै शुक्रबारसम्म चल्ने एघारौं गाउँ सभाको लागि दिउँसो १:०० बजे सम्पूर्ण राजपुर गाउँपालिकाका कार्यपालिका सदस्य, वडा अध्यक्ष, सदस्य कर्मचारीलाई सभामा उपस्थित हुन भनि गाउँपालिका अध्यक्ष बुढाथोकीले डाक्नु भएको छ ।
त्यस्तै अन्य वार्षिक नीति तथा कार्यक्रम लगायत बजेटको बारेमा जान्न र बुझ्नको लागि राजपुर गाउँपालिकाको सभापछि वेबसाईटमा गएर हेर्न सकिने गाउँपालिकाका सूचना अधिकारी शरद रेग्मीले जानकारी दिनु भयो ।
