
Gfs
Cps
Rgp
Gis
cjs
Lnp
Pbu
Srbpu
Rmb
Sds
Djs
Rgp1
Pes
Ggp
Unsku
pku
Sgr
sbs
Rgp

Rgu
Sls
Pvg
Rsb
Ssm
Rgs
Bbbpu
Tsm
Vor
Hal
Asm
Bbu
Gst
Rgu
nsb
Ksm
Sbs
Ggd
Wsp

Jmb
Bml
Ptm
Pls
Abd
Gsb
Mks
Rmb
sab
Jmb
Rpp
Syp
bbt
दाङ । नागरिक समाज दाङले मलखादको सहज आपूर्तिका लागि सहजीकरण गरिदिन र वर्षायाम लागेकाले विपदजन्य घटना न्यूनीकरणका लागि सतर्कता अपाउन स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।
खेतीपातीको मौसम शुरु भईसकेकाले कृषकले मलखाद अभावमा वर्षेबाली लगाउन नसक्ने अवस्था हुन नदिन जसरी पनि मलखादको व्यवस्थाका लागि पहल गर्न माग गरेको हो । समाजका संयोजक केबी मसालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले खेतीपातीको सिजन शुरु भई सक्दा पनि कृषकले मल, बीउ लगायत कृषि सम्बन्धी अत्यावश्यक सामग्री नपाई रहेको हुँदा कृषि सम्बन्धी सबै प्रकारका सामग्री छिमेकी मुलुक भारतबाट आवश्यकताका आधारमा ल्याउन दिने वातावरण मिलाउन विशेष आग्रह गरेको छ ।
वडा कार्यालय,कृषि सहकारीको सिफारिसका आधारमा कृषकलाई चाहिने मल लिएर खेतबारीमा प्रयोग गर्न दिने गरी व्यवहारिक रुपमा हालको समस्याको निकास निकाल्न अपिल गरिएको संयोजक मसालले बताउनुभयो । उहाँका अनुसार मलखाद र बीउबीजनको अभावका खेतीपाती गर्न असम्भव रहेकाले कृषकको पीडालाई बुझेर वडा कार्यालय वा सहकारी संस्थाको सिफारिसलाई आधार मानेर सिमावर्ती क्षेत्रबाट आवश्यक पर्ने मलखाद ल्याउन दिने व्यवहारिक अनुमति दिइएको छ । तर,यसको दुरुपयोग नहोस् भन्नका लागि प्रहरी प्रशासन र स्थानीय तहमार्फत अनुगमन गर्न पनि अपिल गरिएको छ ।
त्यस्तै सो अवसरमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गत जेठ २० गते दाङका १० वटै पालिका प्रमुखहरुलाई बोलाइएको बैठकमा घोराही उपमहानगरपाकिाल प्रमुख बाहेकसँगको छलफलमा किसानलाई मलबीउको सहज व्यवस्थाका लागि संघ सरकारको ध्यानाकर्षण गराउने,अर्को व्यवस्था नभएसम्मका लागि सहकारी संस्थामार्फत सिफारिस भई आएको कागजातका आधारमा सिमावर्ती क्षेत्रबाट मलआपूर्ति गर्ने व्यहारिक सहमति भएको छ । सोही आधारमा अहिले आन्तरिक रुपमा दंगीशरण, राजपुर र गढवा गाउँपालिकामा धेरै जसो सहकारी संस्थाहरुले मलखाद ल्याई सकेको उहाँको भनाई थियो ।
यस्तै,उहाँले देउखुरी क्षेत्रमा राप्ती बेसीनलाई आधार मानेर स्थानीय सरकारसँगको सहकार्यमा पूर्व तयारी र सचेतनाका कार्यक्रम निरन्तर भईरहेको बताउनुभयो । यता,दाङको उपत्यकाको खहरे खोला र बबई नदीलाई आधार मानेर पनि पूर्व तयारी सचेतनाका कार्यक्रम भईरहेको बारे अवगत गराउनुभएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाल,पूर्व संयोजक चन्द्रराज पन्त,सदस्य पद्मप्रसाद शर्मा,नागरिक अगुवाहरु श्रीमन न्यौपाने,बसन्तराज भट्ट लगायत उपस्थित हुनुभएको थियो ।
