
Rgp
Rgp1
Pbu
Pes
Sgr
sbs
Unsku
Ggp
Srbpu
Djs
cjs
Gfs
pku
Lnp

Rgu
Asm
Ssm
Rgs
Ggd
Pvg
Bbbpu
Sls
Ksm
Rsb
Vor
Hal
nsb
Gst
Tsm
Bbu
Wsp
Rgu
Sbs

bbt
Abd
Jmb
Rpp
Gsb
Mks
Jmb
Bml
Ptm
Pls
Rmb
Syp
sab
दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पतालको आयोजना र एनएबीपी नर्वेको आर्थिक सहयोगमा राजपुर गाउँपालिकामा आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भुमिका विषयक आइतबार राजपुर गाउँपालिकाका जनप्रतिनिधिहरुसंग छलफल भएको छ ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशम बहादुर खड्काको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा अध्यक्ष बुढाथोकीले मानव जीवनको एक महत्त्वपूर्ण अंग भनेको आँखा नै भएको हुँदा यस प्रति सम्पूर्ण निकाय गम्भीर हुनु पर्ने बताउनु भयो ।
त्यस्तै उहाँले आउँदै गरेको गाउँ सभादेखि लमही आँखा अस्पतालको लागि के कति बजेट छुटाउनु सकिन्छ,त्यस विषयमा वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरुसंग बृहत छलफल गरेर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
यसैगरी उहाँले अहिले राजपुर गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा कक्षा एकदेखि दशसम्म नि:शुल्क शिक्षा प्रदान गर्ने भनि घोषणा गरेकोले स्वास्थ्य,शिक्षालाई मिलाएर लैजान बताउनु भयो । त्यस्तै अध्यक्ष बुढाथोकीले अहिले वडाहरुमा पठाएको बाजेको सिलिङ प्रती नआतिन वडा अध्यक्षहरुलाई आग्रह गर्नु भएको छ । यस विषयमा अझै कार्यपालिकाको बैठकमा गम्भीरतापूर्वक छलफल गरेर अघि बढ्नुपर्ने भएको हुँदा कुनैपनि संका र उपसंका नगर्न अनुरोध गर्नु भयो ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सल्लाहकार उमाकान्त पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर १ का वडा अध्यक्ष सुर्यबहादुर चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नम्बर ३ का अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ४का वडा अध्यक्ष रामेश्वर यादव,वडा नम्बर ५ का अध्यक्ष टंक बहादुर विष्ट,वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोका,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओली,राजपुर स्वास्थ्य शाखा संयोजक कमल बहादुर रोकाय लगायतकाले बोल्नु भएको थियो ।
छलफल कार्यक्रममा संघका प्रमुख प्रशासक सम्शेर थापाले नेपाल नेत्रज्योति संघ तथा दातृ निकायको बारेमा सहभागीहरुलाई संक्षिप्तमा जानकारी गराउदै आँखा स्वास्थ्य सेवा,दृष्टिविहीनताको अवस्था, स्वास्थ्यको हक र राष्ट्रिय स्वास्थ्य नीतिको बारेमा समेत प्रकास पार्नु भएको थियो ।
त्यस्तै दृष्टि विशेषज्ञ मदन चाैधरीले आँखा स्वास्थ्य सेवा सम्वन्धी आँखामा लाग्ने रोग,त्यसको रोकथाम र उपचार सम्वन्धी जानकारी दिनु भएको थियो भने कार्यक्रमको संचालन फिल्ड संयोजक टेकबहादुर चौधरीले गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रमको समापन गर्दै संघका उपसभापति रेशम बहादुर खड्काले संसारमा सबैभन्दा ठुलो भनेको आँखा नै रहेको बताउनु भएको छ । अहिले नर्वे दातृ निकायलेले आँखाका बिरामीलाई आफ्नो संस्थाले उपचार गरिदिने र अन्य भौतिक संरचनाहरुको समस्या नेपाल सरकारले गर्नु पर्ने माग राखेको हुँदा यसरी आफुहरुले सहयोग आदानप्रदान गर्न हिडेको बताउनु भयो ।
खड्काले कार्यक्रमको समापन गर्दै भन्नू भयो अहिले अस्पताल संचालनको लागि ओटि बेल्डिङ र अप्रेसनको लागि भवनको अभाव र अन्य उपकरण मेसिन खरिद गर्नु पर्ने भएको हुँदा स्थानीय सरकारले सो आवस्यकता पूर्ति गरिदिए अस्पतालको तर्फबाट वडा पालिका र गाउँपालिकाले गरेको सिफारिसको आधारमा नि:शुल्क उपचार गरिदिने प्रतिबद्धता जनाउदै कार्यक्रमको समापन गर्नु भयो ।

