
Ggp
Ses
Lnp
Pes
pku
Djs
Sgr
Unsku
Gfs
Srbpu
Rgp
Rgp1
cjs
Pbu

Pvg
Rgs
Rgu
Wsp
Ggd
Rsb
Bbbpu
nsb
Hal
Ssm
Sbs
Sls
Ksm
Asm
Tsm
Bbu
Rgu
Vor
Gst

Ptm
Rpp
Mks
Syp
bbt
sab
Rmb
Bml
Gsb
Jmb
Jmb
Pls
Abd
काठमाडौं। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । लगातार दुई दिनसम्मको छलफलपछि आइतबार प्रदेशसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
प्रदेश प्रमुख अमिक शेरचनले यही जेठ २५ गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभामुख पूर्णबहादुर घर्ती मगरले ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नु भयो ।
त्यस्तै प्रदेशसभा बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको संकल्पलाई बजेटले सम्बोधन गर्ने दाबी गर्नु भयो । उहाँले बजेटमा लुम्बिनीको विकासलाई केन्द्रमा राखेर योजनाहरू ल्याएका छौं बजेटले लुम्बिनी प्रदेशको समृद्धिको ढोका खोल्छ भन्नु भयो ।
यस्तै आगामी वर्षको बजेटलाई थप परिमार्जित र परिष्कृत बनाउन सबै जिम्मेवार हुनुपर्ने मुख्यमन्त्री केसीले बताउनु भयो। राजनीतिक मतभेद र विचार फरक भए पनि प्रतिपक्ष, सत्तापक्ष लुम्बिनीको विकासमा एकजुट हुनुपर्नेमा उहाँले जोड दिनु भयो। बजेटमा प्रदेश गौरवका आयोजना र शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्य प्रदेश सरकारको रहेको उहाँले जानकारी दिनुभयो ।
