
Anm
Pbu
Sds
gst
Rbs
Mbdvs
Ksm
Gisld
Gmk
mbd

nsb
Gst
Rgu
Rgu
Ssm
Vor
Bbbpu
Ggd
Hal
Asm
Sbs
Tsm
Sls
Rgs
Wsp
Ksm
Rsb
Pvg
Bbu

Abd
Rmb
Pls
Jmb
Bml
Syp
sab
Rpp
Gsb
bbt
Ptm
Jmb
Mks
दाङ । गढवा गाउँपालिका वडानं. ६ को परिचोकमा बिहिवार गढवामै पहिलो पटक ज्यूदो माछाको बिक्री स्टल उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको कृषि खाद्य प्रबिधि तथा भूमी ब्यवथापन मन्त्रालय अन्तर्गत पशुपंछि तथा मत्स्य बिकास निर्देशनालयको भेटिरेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रको आयोजनामा ज्यूदो माछाको बिक्री स्टल उद्घाटन गरिएको हो ।
गढवा गाउँपालिका वडानं. ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगरको अध्यक्षतामा भएको कार्यक्रममा पशुसेवा बिज्ञकेन्द्र दाङका कार्यालय प्रमुख सुदाम भट्टले बिक्री स्टलको शिला अनाबरण गरि स्टलभित्रको पानीमा ज्यूदो माछा राखेर स्टलको बिधिवत् उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै भट्टले मानव शरिरमा अत्याबश्यक तत्व माछामा हुने भएकोले आम नागरिकहरुलाई ताजा माछा उपलब्ध गराउने सरकारको निती बमोजिम ज्यूदो माछाको बिक्री स्टल अभियानलाई प्रदेशले अगाडी बढाएको बताउनुभयो । मनिसमा हुने हृदयघात र केल्डस्टोर रोगलाई माछाको सेवनले हटाउने भएकोले पनि मानव शरिरलाई माछा उपयुक्त भएको बताउनुभयो ।
प्रदेश सरकारको ४ लाख र स्थानीय ब्यवसायी रेशम बहादुर शाहीको ४ लाख गरि कूल आठलाखको लागतमा सो स्टल निर्माण गरिएको पशुसेवा बिज्ञ केन्द्र दाङका योजना अधिकृत कृष्ण न्यौपानेले जानकारी दिनुभयो । गढवामा ज्यूदो माछाको बिक्री स्टल स्थापना भएको थाहा पाएर गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले कार्यक्रमको स्वागत गर्दै स्वतःस्फूर्त पञ्चैबाजा बजाएर कार्यक्रमलाई रोचक र रौनकपुर्ण बनाएको थियो ।
कार्यक्रममा गढवा ६ का वडा अध्यक्ष बिरबहादुर आले, वडा सदस्य दिनमणि आचार्य,गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापा तथा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष चुडामणि पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन पशुसेवा बिज्ञ केन्द्र दाङका प्रेम कुमार चौधरीले गर्नु भएको थियो ।
