
Rgp
Lnp
Dus
Asb
Ggp
ksb
Rgp
lnp
Dbs
Rgp
Ggp
Rgp
Lks
Sgp
Usb
Jns


दाङ । विश्व शान्तिका लागि शिवसवरी धाम धार्मिक केन्द्रमा शनिबार आज ३ करोड बढी बत्ती प्रज्वलन गरिने भएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको राप्ती उपत्यका देउखुरी अन्तरगत राप्ती गाउँपालिका ५ पहरूवामा अवस्थित सो धार्मिक केन्द्र ९ आैँ वर्षमा प्रवेश गरेको अवसरमा ३ करोड बढी बत्ती प्रज्वलन गरिन लागेको धार्मिक केन्द्रकी संरक्षक शिवलक्ष्मी चाैधरीले जानकारी गराएकी छिन् ।
कार्यक्रममालाई आज दिउँसो २ बजे राप्ती गाउँ पालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रमुख कथा बाचक शिरोमणी पण्डित दिपक प्रसाद पाैडेलले संयुक्त रूपमा बत्ती प्रज्वलन गरि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
आजदेखि जेठ २५ गते सम्म सञ्चालन हुने कार्यक्रममा दैनिक विहान ८ बजे देखि ९ बजे सम्म पुजापाठ, विहान १० देखि ४ बजे सम्म र बेलुका ८ देखि राति १० बजे सम्म प्रमुख कथा बाचक शिरोमणी पण्डित दिपक प्रसाद पाैडेलद्वारा संगितमय कथा बाचन, झाँकी, आरती रहने छ ।
कार्यक्रममा ५ हजार बढी दान गर्नेलाई खाँदा, फूलमाला र सम्मान पत्रले सम्मान गरिने छ भने आजिवन सदस्यता लिन चाहनेका लागि रू ३ हजार बुझाएर सदस्य बन्न सकिने बताइएको छ ।
यसै बिच कार्यक्रमको तयारी समेत पूरा भएको छ । पत्रचार गर्ने, स्वागत गेट निर्माण, मञ्च व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भएको कार्यक्रममा प्रचार प्रसार संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।
आज भन्दा ९ वर्ष अगाडि आफुमा दैविय शक्ति प्राप्त भएको बताउँदै यहाँ आउने जो कोहीले पनि गंगा स्नान र पुजापाठ गरे आफुले चिताएको कुरा पूरा हुने र विभिन्न किसिमका रोग व्याधी सन्चो हुने बताएकी छिन् ।
सो धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गंगा सागर, सागरघाट, विश्वको अग्लो त्रिशूल, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होमकुण्ड, कैलास पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, बिष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा, सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, बिष्णु भगवानको पोखरी र शिवघाट रहेको छ ।
