
Rgp
Sds
cjs
pku
Ggp
Lnp
Srbpu
Pes
Gfs
sbs
Cps
Sgr
Djs
Gis
Rgp
Unsku
Pbu
Rmb
Rgp1

Asm
Sls
Bbbpu
Sbs
nsb
Rsb
Gst
Ksm
Pvg
Ggd
Vor
Hal
Ssm
Rgu
Rgs
Rgu
Bbu
Tsm
Wsp

Mks
Jmb
Rpp
Abd
Rmb
Bml
Gsb
sab
Ptm
Jmb
Pls
bbt
Syp
दाङ । दाङमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सोमबार बेलुका ९ः४० बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरास्थित सुवास जिसीको घरमा लागुऔषध (ब्राउन सुगर) ओसारपसार तथा विक्रि वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी २४ वर्षीय पुजन राज कँवर र घोराही वडा नं. १५ निवासी २२ वर्षीया विष्णु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु माथि खानतलासी गर्दा रातो रंगको प्लाष्टिक भित्र रातो रंगको प्लाष्टिकले बेरेको थान ४ र हरियो रंगको प्लाष्टिकले बेरेको थान १ गरी ६ ग्राम अवैध ब्राउनसुगरफेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
यसैबिच,लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्था बमोजिम २५ ग्रामदेखि १०० ग्रामसम्मको परिमाण भए १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख सम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।
