
lnp
Dbs
Rgp
Rgp
Asb
Rgp
Jns
Sgp
Ggp
Ggp
ksb
Lnp
Rgp
Dus
Pbu
Lks
Usb


दाङ । सूचना सरल र सहज रुपमा दिन जनप्रतिनिधिलाई नेपाल पत्रकार महासंघ दाङ शाखाले आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघ दाङको आयोजनामा आज घोराहीमा जनप्रतिनिधिहरुसँग स्थानीय तहमा मिडियामैत्री नीति र कार्यक्रम निर्माण सम्बन्धी छलफल तथा परिचयात्मक कार्यक्रममा यस्तो आग्रह गरेको हो ।
कार्यक्रममा बोल्दै पत्रकारहरुले पालिका मिडियामैत्री हुनुपर्ने,कार्यपालिकाको बैठक लाइभ हुनुपर्ने, पालिकामा भए गरेका कार्यहरु वेबसाईटमा अपडेट गर्नुपर्ने तथा पालिकाका अपांगमैत्री बन्नुपर्ने लगायतका विषयमा जोड दिएका थिए ।
पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरपालिकाले मिडियालाई सहज रुपमा सूचना उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले नगरपालिकाले सत्य, तथ्यमा आधारित सूचना उपलब्ध गराएको र प्रायः सूचना नगरपालिकाको वेबसाईटमा तत्काल अपडेट गर्ने गरेको जानकारी दिनुभएको छ ।
यस्तै बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले बंगलाचुली गाउँपालिका हिजोका दिनमा पनि मिडियामैत्री रहेको र आजका दिनमा पनि मिडियामैत्री नै रहेको बताउनुभयो । पालिकाको स्वामित्व रहने गरि एउटा रेडियो संचालन गरेको उहाँको भनाई छ ।
राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीले आम नागरिकले सहज रुपमा पाउनुपर्ने सूचना सहज रुपमा उपलब्ध गराउने बताउनुभयो । प्रेस सेनानीका सुशील गौतमले पालिकाहरुले लोकतन्त्रमा सूचना लुकाउनु नहुने बताउनुभएको छ । उहाँले हरेक सूचना जनतासँग प्रत्येक रूपमा जोडिएको हुने भएकाले सूचनाको अधिकारलाई पूणर् पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
दाङका हरेक पालिकामा भएका साना मिडियाहरुलाई प्रोत्साहन गर्दै समृद्धि बनाउनु पर्ने उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केबी मसालले जनप्रतिनिधि र पत्रकारहरुको नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताउनुभयो ।
पालिकास्तरका जनप्रतिनिधि र पत्रकारको सम्बन्ध राम्रो भएमात्र एक आपसमा भएका सूचना सहज रुपमा आदनप्रदान हुने उहाँको भनाइ छ । प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारीले पालिकाका अपांगमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले पालिकाको भौतिक संरचना, भाषा र संस्कारको विकास हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी,बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी,दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा खड्का,राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । महासंघकी उपाध्यक्ष बसुन्धारा गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासंघका सचिब आरके शीतलले गर्नुभएको थियो ।
