
Pbu
Rgp
Ggp
pku
Pes
Unsku
sbs
Srbpu
Gfs
Lnp
Sgr
cjs
Djs
Rgp1

Rgs
Vor
Bbbpu
Asm
Ksm
Rgu
Wsp
Tsm
Gst
Ssm
Hal
Pvg
Bbu
Ggd
Rgu
Sbs
nsb
Sls
Rsb

Rmb
Mks
Ptm
Jmb
bbt
Pls
sab
Syp
Rpp
Abd
Bml
Jmb
Gsb
रोल्पा/प्युठान । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तरगत संचालित लमही आँखा अस्पतालद्वारा रोल्पाको लुङ्ग्री गाउँपालिकामा १ दिने आधारभूत आँखा स्वास्थ्य तालिम सम्पन्न गरिएको छ ।
लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत थापाको प्रमुख आथित्यता तथा लमही आँखा अस्पतालका प्रमुख प्रशिक्षक दृष्टि विशेषज्ञ मदन चौधरीले २८ जना आमा समुहका सदस्यहरुलाई आधारभूत आँखा स्वास्थ्य सम्बन्धि तालिम प्रदान गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण टेक बहादुर चौधरीले गर्नु भएको थियोे ।
त्यस्तै प्युठान जिल्लाको ऐरावति गाउँपालिकामा १ दिने आधारभूत आँखा स्वास्थ्य तालिम सम्पन्न गरिएको छ । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीको प्रमुख आतिथ्यता तथा लमही आँखा अस्पतालका प्रमुख प्रशिक्षक दृष्टि विशेषज्ञ मदन चौधरीले २७ जना स्वास्थ्य चौकीका प्रमुख, स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मीहरुलाई आधारभूत आँखा स्वास्थ्य सम्बन्धि तालिम प्रदान गर्नु भएको थियो ।
यस्तै सहभागीहरुले आफ्नो कार्यक्षेत्रमा गएर आँखाका बिरामीहरुलाई सामान्य उपचार पस्चात आँखा अस्पतालसम्म रिफर गरि अन्धोपना न्यूनीकरण गर्ने प्रतिबद्धता गरेका थिए भने उक्त कार्यक्रमको सहजीकरण टेक बहादुर चौधरीले गर्नु भएको थियोे ।

