
Rgp
Sgr
Rgp1
Unsku
pku
Lnp
Pbu
Ggp
Srbpu

Vor
Sls
Sbs
Wsp
Pvg
Rgu
Rgs
Rgu
Bbbpu
Ssm
Ksm
Gst
nsb
Tsm
Ggd
Hal
Rsb
Bbu
Asm

Abd
Jmb
bbt
Rpp
Rmb
Ptm
Pls
Jmb
Syp
Gsb
Bml
sab
Mks
बाँके । बाँकेको नेपालगन्जमा रहेको स्टारलाइट क्यासिनोबाट बिक्की भनिने अतीत खानको अपहरण गरेको आरोप लागेका पंकज श्रीवास्तवले नेपालकागज सँग सम्पर्क गर्दै आफुलाई फसाइएको दाबी गर्नुभएको छ । उहाँले नेपालकागजलाई आफ्नो नेपाली नागरिकताको फोटो पठाउनुभएको छ ।
उहाँले आफुले बिक्की भनिने अतीत खानको अपहरण गरेको नभई प्रहरीलाई बुझाउन लगेको बताउनुभएको छ ।
कानुनलाई आफ्नो हातमा किन लिएको भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो, “हो म बाट गल्ती भएकै हो, आवेगमा आएर भएको घटना हो तर बाहिर आए जस्तो बिक्की असल म खराब भने होइन ।”
उहाँले बिक्की क्यासिनोमा लगानी गर्ने मिटरब्याजी भएको दाबी गर्नुभयो । उहाँले दाबी गर्दै भन्नुभयो, “बिक्की भनिने अतीत खान भारतको नामुद गुण्डा हो, त्यसका २-३ वटा केसहरु भारतमै छन । उ अहिले भागेर नेपाल आएको हो । उ गुण्डानै हो । क्यासिनोमा खेल्न आउने मान्छेलाई मिटरमा ब्याज दिने ब्यक्ति कहिँ दुधले धोएको हुन्छ ?”
अनि तँपाइले दिनदहाडै मान्छे अपहरण गर्न पाउनुहुन्छ ? किन अपहरण गर्नुभयो ? गोली ठोक्छु भन्न पाइन्छ ?
हेर्नुहोस क्यासिनो भित्र बाहिर सिसि टिभी क्यामेरा हुन्छ भन्ने सबैलाई थाहा छ । यदि मैले उसलाई अपहरण गर्नुपर्ने थियो भने क्यामेराको अगाडि अथवा भनौँ त्यतिका मानिसको अगाडि त अपहरण गर्दैनथे होला । त्यो घटना कुनै प्लानिङ नबनाएर आबेग र उत्तेजनामा आएर भएको हो । म कुनै अपराधी होइन म व्यवसायी हुँ । म नेपाली नागरिक हुँ । मेरो घर बर्दियाको गुलरियामा छ । म तँपाइलाई मेरो नगरिकताको फोटो पठाउँछु ।
अपहरण किन गर्नुभयो ? कानुन छैन ?
हेर्नुहोस बाहिर आए जसरी यो घटना भएकै होइन । बिक्की भनिने अतीत खानले मेरो श्रीमतीलाई रातीको १२ बजे फोन गर्ने, चाहिने नचाहिने कुरा गर्ने गर्दथ्यो । मैले ब्यक्तिगत रुपमा उसलाई चिनेकै छैन ।
अनि मेरो श्रीमतीलाई रातिराती फोन गर्ने मेसेज गर्ने गरेपछी मैले एकदिन उसँग कुरा गरेँ । उसले मलाई धम्की दियो अनि मैले रिसमा आएर उसलाई क्यासिनोबाट तानेर गाडिमा हालेँ र वडा प्रहरी कार्यालयमा लगेर बुझाएँ । यहिँ नीर मेरो गल्ती भएको हो तर म अपराधी होइन । मबाट रिसमा यस्तो गल्ती हुन गएको हो ।
तपाईं गाडीमा हालेर मान्छेलाई जंगल तिर किन लग्नुभयो ?
तपाईंले अनुसन्धान गर्नुस पहिला । म स्टारलाईट क्यासिनोको सिसिटिभी फुटेजमा देखिएको अन्तिम भिडियो क्लिपको समय र वडा प्रहरी कार्यालय नेपालगन्जमा देखिएको समयको डिफ्रेन्स (अन्तर) निकाल्नुस । १८ मिनेटको ग्याप (अन्तराल) छ ।
मैले राप्ती नदिमा उसलाई लगेर गएर फर्कँदा कम्तिमा डेढ देखि दुई घण्टा लाग्छ । म १८ मिनेट भित्रमा वडा प्रहरी पुगेको छु । तपाईं निस्पक्ष भएर प्रश्न सोध्नुस । बायस (पक्षपात) नहुनुस ।
उसो भए तपाईं चोखो हुनुहुन्छ त ? तपाईंको गल्ती छैन ?
हो मेरो गल्ती भयो । म त्यो गल्तीको दोषी छु । मैले त्यसो नगरेको भए हुनेथियो । तर म अपराधी होइन । म कसैलाई किडन्याप(अपहरण) गर्ने मान्छे होइन । म शुद्ध व्यवसायी हुँ । मैले गरेको गल्तीको म दोषी हुँ तर मान्छे मार्न सक्ने ब्यक्ति होइन ।
अहिले मेरो इमेज जुन हिसाबले बाहिर देखिएको छ त्यस्तो ब्यक्ति म होइन । मेरो श्रीमतीलाई राती राती फोन गरेपछी मलाई रिस उठ्यो । रिसको झोँकमा गल्ती भयो । तर मैले सुनुयोजित ढंगमा घटना घटाएको होइन ।
प्रहरीसँग मेरो नाम जोडेर बाहिर आयो । त्यो गलत कुरा हो । महिलासँग जोडिएको केस भएकाले प्रहरी अलि संवेदनशील भएको हो । तर प्रहरीले हामीले मिल्छौँ भनेपछि मिलापत्र गराएको हो । तपाईंले मेरो कुरा, मेरो भनाइ राख्दिनुहोला नडराएर ।
पंकज श्रीवास्तवले आफ्नो नागरिकताको फोटो तथा आफ्नो श्रीमतीलाई बिक्कीले फोन गरेको भन्दै दाबी गरिएको फोन लगको स्क्रिनशट पठाएका छन । हामीले उक्त फोन लगमा सेभ भएको नाममा देखिएको नम्बर ‘बिक्की’ अतीत खानको हो वा होइन भन्ने स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेकाले गोपनियताको ख्याल राख्दै उक्त स्क्रिनशट प्रकाशित गरेका छैनौँ । उक्त नम्बर हाल स्विच अफ छ ।
उहाँले पठाएको नागरिकतामा नाममा पंकज श्रीवास्तव, ठेगानामा गुलरिया -११ बर्दिया, जन्म मिति २०४५/२/१५, बाबुको नाम/थर शोभाकान्त श्रीवास्तव, नागरिकता प्रमाणपत्र नम्बर ६५३००१/२५३७ नागरिकताको किसिम वंशज लेखिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाबाट नागरिकता जारी भएको छ । उहाँले दिएको नागरिकताको प्रतीको अनुसन्धान गर्दा उहाँ नेपाली नागरिक रहेको देखिन्छ ।
यता बिक्की भनिने अतीत खानले पंकज श्रीवास्तव, अनुराग शाह, सुरेस कुर्मी, अस्विनी सिंह र नाम नखुलेका अर्का एकजना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण तथा शरीर बन्धक र डाँका चोरी मुद्दामा जाहेरी दर्ता गराउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले उक्त मुद्दाको प्रहरीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिनुभयो ।
त्यस्तै हामिले बिक्की भनेर चिनिने अतिक खानसँग पनि सम्पर्क गरेका थियौँ । पन्कजले नै बिक्कीको नम्बर उपलब्ध गराउनुभएको थियो । बिक्कीको नम्बर भनेर दाबी गर्दै पंकजले दिएको नम्बरमा हामिले सम्पर्क गरेका थियौँ । उक्त नम्बर स्विच अफ छ ।
नेपाल कागजबाट साभार
