
Ggp
Rgp
Lnp
Asbus
Ksbus
Ksbus
Sdc
Ggp
Msbus

दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तरगत संचालित छन्द (कालेबाबु)नारायणी आँखा अस्पताल बहादुरगन्जले स्वर्गीय गोपाल बहादुर शाह (गोपाल बाबु)को सम्झनामा शोक सभा सम्पन्न भएको छ ।
छन्द (कालेबाबु)नारायणी आँखा अस्पताल बहादुरगन्जका जग्गा दाता स्व.छन्द बहादुर शाह र नारायणी शाहका माइला सुपुत्र गोपाल बहादुर शाहको गत जेठ ४ गते उपचारको क्रममा भारतको लखनउमा निधन भएको थियो ।
शोक सभामा नेपाल नेत्रज्योति संघ दाङ शाखाका
सभापति तथा केन्द्रीय सदस्य तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरी,नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति तथा अस्पताल व्यवस्थापन समितिका सदस्य रेशम बहादुर खड्का,कोषाध्यक्ष श्याम प्रकाश आचार्य, सहसचिव चिरञ्जीवी रिजाल,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका चिफ मेडिकल डाइरेक्टर डाक्टर सुलक्ष्मी कटुवाल,प्रमुख प्रशासक शम्सेर थापा,छन्द (कालेबाबु)नारायणी आँखा अस्पताल प्रमुख प्रशासकीय जसराज विश्वकर्मा लगायत अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा स्वर्गीय गोपाल बहादुर शाहको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।स्वर्गीय शाहको परिवारले बहादुरगन्जमा एक सय बेडको आँखा अस्पताल संचालनको लागि नेपाल नेत्रज्योति संघ दाङ शाखालाई १७ कठ्ठा जग्गा दान गर्नु भएको छ ।
साथै नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्ण कुमार गिरी,उपसभापति रेशम बहादुर खड्का,कोषाध्यक्ष श्याम प्रकाश आचार्य,सहसचिव चिरञ्जीवी रिजाल,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका चिफ मेडिकल डाइरेक्टर डाक्टर सुलक्ष्मी कटुवाल,प्रमुख प्रशासक शम्सेर थापा लगायतका महानुभावहरु स्वर्गीय गोपाल बहादुर शाहको तौलिहवा स्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्ती कामना सहित शोक सन्तप्त परिवार जनहरुमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
